क्रिश्चियन धर्मावलम्बीहरूले येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिसमस डे मनाउँदै छन् । आजभन्दा २ हजार २५ वर्षअघि २५ डिसेम्बरका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । उनैले क्रिश्चियन धर्मको सुरुवात गरेका हुन् ।
येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन धर्मावलम्बीहरूले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गर्दछन् । क्रिसमस डे का अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिन थालिएको छ ।
पछिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत शहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।






