सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटवार्ता गरेका छन् । सभापति देउवाको अहिले बसिरहेको निवास महाराजगञ्जमा पुगेर देउवासंग भेट गरेका हुन् ।
यसैगरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग भेट गर्दै छन् । खरेलले ११ बजे ओलीलाई भेट्न पुग्नेछन् । ओलीलाई भेट्न भक्तपुरको गुन्डुस्थित निजी निवासमा जाने सचिवालयले जनाएको छ ।
सञ्चारमन्त्री खरेलले मध्याह्न करिब १२ बजे दाहालसंग भेटवार्ता गर्नेछन् । दाहाललाई भेट्न उनी निजी निवास पुग्ने कार्यक्रम छ ।






