अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज फेरि मन्त्रीमण्डल विस्तार गर्दैछन् । कार्कीले बालनन्द शर्मालाई सरकारमा सहभागि गराउन लागेकी हुन् ।
शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको स्रोतको भनाई छ । उनको आजै दिउसो २ वजे शपथ कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शर्मा नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका थिए । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् ।
माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र मात्र होइनन्, कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरेका थिए ।






