• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

रास्वपा र बालेनबीच सातबुँदे सहमति,पार्टी सभापति रवि लामिछाने र बालेन प्रधानमन्त्रीको उम्मेदवार

  •  नेपाल चौतारी
  • २०८२ पुष १३, आईतवार ०६:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वैकल्पिक राजनीतिक शक्तिको नेतृत्वका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ ।

    आज बिहानै भएको सहमतिअनुसार पार्टीको सभापति रवि लामिछाने हुने र प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने तय भएको हो । त्यस्तै पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिन्ह घण्टी हुने पनि सहमति गरिएको छ ।

    नवयुवाहरुले भ्रुष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउन पनि दुई नेता सहमत भएका छन् । आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने पनि सहमतिपत्रमा उल्लेख छ ।

    पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवम् अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने पनि उल्लेख गरिएको छ । आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति पनि उनीहरुबीच भएको छ ।

    लामिछाने र शाहबिच एकताका लागि विगत केहीदिन देखि लगातार वार्ता भईरहेको थियो । एकतामा उज्यालो नेपाल पार्टीलाई पनि समेट्ने भनिएपनि आज भएको सहमतिमा उक्त पार्टी सँगै रहेन । उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङले अस्तित्वको प्रश्न उठाउँदै असहमति जनाएका थिए ।

     

    Post Views: 72
    प्रकाशित मिति: २०८२ पुष १३, आईतवार ०६:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना
    कर्णाली प्रदेश सभा आठौँ अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुने
    सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
    Advertisement
    ताजा अपडेट
    • १. चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

    • २. कर्णाली प्रदेश सभा आठौँ अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुने

    • ३. सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

    • ४. पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै

    • ५. ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. संसद अधिवेशन स्थगित

    • ५. कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.