• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

३ मन्त्रीसङ्ग प्रधानमन्त्री असन्तुष्ट , मागिन् राजिनामा

  •  नेपाल चौतारी
  • २०८२ पुष २२, मंगलवार १७:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     नागरिक सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री सुशीला कार्की आफ्नै क्याबिनेटका ३ मन्त्रीसङ्ग असन्तुष्ट बनेकी छन् । असन्तुष्टि राजिनामा माग्ने सम्मको अवस्थामा पुगेको छ । अन्ततः तीन जना मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्री कार्कीले आग्रह गरेकी छन् ।

    राजनीतिक गतिविधिमा केन्द्रीत रहेको  भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलको राजीनामा मागेको उनिनिकट श्रोतले जनाएको छ ।

    सोमबारको  मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न उठाएको बताइएको छ । जेनजी आन्दोलनको जगमा नागरिक सरकार बनेकाले राजनीतिक गतिविधि नगर्नेमात्रै आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहनुपर्ने प्रधानमन्त्री कार्कीको जिकिर रहेको थियो ।  विशेषगरी तीन मन्त्रीमा मध्ये कुलमान घिसिङको सक्रियतालाई लिएर प्रधानमन्त्री बढी गम्भीर बनेको बताइएको छ ।

    ‎पछिल्लो समय कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाएपछि  रास्वपाको पहिलो उपसभापति पद लिएका छन् ।

    युवा तथा खेलकुद मन्त्री  बब्लु गुप्ता पनि रास्वपाको राजनैतिक गतिविधिमा सङ्लग्न रहेको चाल पाएकी प्रधानमन्त्री कार्की गुप्तासङ्ग पनि सन्तुष्ट नभएको बताइएको छ ।
    ‎त्यस्तै सरकारका प्रवक्ता समेत रहेका पुर्व सञ्चारकर्मी जगदिश खरेलको राजनैतिक गतिविधिमा पनि प्रधानमन्त्री कार्की रुष्ट बनेको बताइएको छ । तर निर्वाचनका लागि राजनितीक वातावरण निर्माणका लागि दलहरूसङ्गको छलफल गराउने भुमिकामा भने कार्कीले खरेललाई विश्वास गरेकी थिइन् ।यद्यपि निर्वाचन लड्ने कुरामा रास्वपासङ्ग नजिक हुँदै त्यो प्रयास गरेको बुझाइले खरेलप्रतिको कार्कीको विस्वास  घटेको श्रोतले जनाएको छ ।

    अन्ततः खरेल , घिसिङ र गुप्ताको राजिनामा माग्ने सम्मको अवस्था आएको पनि बताइएको छ ।भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नागरिक सरकारका रूपमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।

    Post Views: 120
    प्रकाशित मिति: २०८२ पुष २२, मंगलवार १७:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
    Advertisement
    ताजा अपडेट
    • १. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • २. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ३. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • ४. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.