• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै , चार मुख्य दलबीच गठबन्धन

  •  नेपाल चौतारी
  • २०८२ पुष २३, बुधबार ०७:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बिहान १० देखि ३ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता कार्यक्रम रहेको हो । आयोगका अनुसार भोली बिहान १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको छ । २७ गते नै आयोगले अन्तिम नामावली प्रकाशित गर्नेछ ।

    निर्वाचनबाट राष्ट्रिय सभाका लागि कोसी र लुम्बिनी प्रदेशबाट ३–३ जना, मधेस प्रदेशबाट ४ जना, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना निर्वाचित हुनेछन् । बाँकी एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । आगामी फागुन २१ गते कार्यकाल सकिन लागेका राष्ट्रिय सभाका सदस्यमा एमालेका ८, मनोनित वामदेम गौतमसहित नेकपाका ९ र जसपाका २ जना छन् । उनीहरुको कार्यकाल सकिएपछि रिक्त हुने स्थानका लागि निर्वाचन हुन लागेको हो ।

    राष्ट्रिय सभा निर्वाचनका लागि मुख्य दलहरुले भने सीटसंङख्यामा भागबण्डा को सहमति गरेका छन् ।मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीले गठबन्धन गरेर निर्वाचनमा जान लागेका हुन् । ४ दलबीच भएको सहमती अनुसार कांग्रेसले सात एमालेले सात,नेकपाले तीन र जसपाले एक सीटमा उम्मेदवारी दिनेछन् । निर्वाचनमा मतभारका दृष्टिले सबैभन्दा ठूलो कांग्रेसले आफुले ८ सीट पाउनेपर्ने अडान राखेपनि अन्तिममा सातमा सहमत बनेको थियो ।

    माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा र स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षले मत दिन व्यवस्था रहेको छ । अहिले राष्ट्रिय सभामा नेकपाको अध्यक्षसहित १७ जना, कांग्रेसका १६ जना, एमालेको उपाध्यक्षसहित १० जना, एकीकृत समाजवादीको ८, जसपा नेपालको ३, लोसपा र राष्ट्रिय जनमोर्चाको एक÷एक र राष्ट्रपतिबाट मनोनित ३ जना गरी ५९ सदस्य रहेका छन् ।

    Post Views: 83
    प्रकाशित मिति: २०८२ पुष २३, बुधबार ०७:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना
    कर्णाली प्रदेश सभा आठौँ अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुने
    सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
    Advertisement
    ताजा अपडेट
    • १. चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

    • २. कर्णाली प्रदेश सभा आठौँ अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुने

    • ३. सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

    • ४. पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै

    • ५. ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. संसद अधिवेशन स्थगित

    • ५. कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.