• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जन्म दर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

  •  नेपाल चौतारी
  • २०८२ पुष २३, बुधबार ०९:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । जिल्लाको हरिवन नगरपालिका-१ लिचीटोल निवासी विवेक परियार १७ वर्ष लागे । लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन् ।

    बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरण पोषण गर्नु उनको दैनिकी बनेको छ । ७५ वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ ।

    चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्‍यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर, भर्ना गर्न जन्म दर्ता नभएपछि पढाइ छाड्नुपर्‍यो । चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर विवेकको परिवार बसिरहेका छन् । टाउको लुकाउन बनाएको टिनको सानो छाप्रोबाहेक सम्पत्तिका नाममा केही पनि छैन ।

    बाल्यकाल निकै सङ्घर्षमा बिताएका विवेकले गाउँमै साहुको ट्याक्टरमा बालुवा लोड गर्ने कामबाट मजदुरी सुरु गरे । अहिले उनी एउटा कुशल ट्याक्टर चालक बनिसकेका छन् । तर, आफू जन्मेहुर्केको देशमा अनागरिक बन्नुपर्दा सीपसमेत बेकार बनेको छ । “निकै दुःख गरेर एउटा सीप सिकेको थिएँ, लाइसेन्स बनाउन पाए यसैको सहाराले परिवारको भरण पोषण गर्ने थिएँ । कागजात नहुँदा ट्याक्टर चलाएर परिवार पाल्ने सपना पनि अधुरो हुने भयो”, उनले सुनाए ।

    “विवेकको आमाले सानैमा छाडेर गइन्”, विवेकका जिजूहजुरआमा अति रुपाले भनिन्, “बुबाको पनि अत्तोपत्तो छैन । केही समय पहिला ज्वाइँ आइपुग्नुभएको थियो । सोधीखोजी गरेका थियौँ । उहाँकै केही कागजात बनेको रहेनछ । त्यसपछि फेरि त्यसै हराउनुभयो ।”

    विवेकका हजुरबुबाको पनि कुनै कागजात फेला नपरेको अतिरुपाको भनाइ छ । कागजात भएका घरतर्फका आफन्त कोही फेला नपरेका कारण दुई पनाति पनातिनीको भविष्य नै अन्धकार बनेको उनले दुखेसो पोखिन् ।

    विवेककी हजुरआमा बोल्न सक्दिनन् । जन्मजातै फरक क्षमताकी हुन् । जिजूहजुरआमा पनि वृद्ध भइसकिन् । बहिनीको भविष्यको चिन्ताले विवेकलाई सताइरहन्छ । ज्याला मजदुरी गरेरै भए पनि बहिनीलाई ठुलो मान्छे बनाउने उनको सपना छ । तर, परिस्थितिले देशको नागरिकसम्म बन्ने हैसियत दिएन- दुई दाजु बहिनीलाई । एक पटक जन्म दर्ताका लागि स्थानीयवासीको सल्लाहमा दाजु बहिनी वडा कार्यालयसम्म पुगे पनि कुनै प्रमाण नभएको भन्दै त्यसै फर्कनुपरेको उनीहरूको गुनासो छ ।

    विवेकले जेनतेन बहिनी बिविकालाई हरिवन नगरपालिका–१ पटौनामा रहेको पटौना आधारभूत विद्यालयमा पढाएका छन् । कक्षा ७ मा पढ्ने बिविकालाई अर्को वर्ष कक्षा ८ मा अनिवार्य भर्ना गर्नुपर्छ भन्दै विद्यालयले जन्म दर्ता मागेको छ । तर, कसरी जन्म दर्ता बन्छ भन्ने केही थाहा नभएको उनले सुनाए ।

    बहिनीले पनि आफूले जस्तै पढाइ छाड्नुपर्ने हो कि भन्ने उनलाई चिन्ता छ । आफू र बहिनीको जन्मदर्तामात्र बने पनि अलपत्र बन्नु पर्दैन थियो भन्ने उनलाई लागेको छ । आफ्नो र बहिनीको जन्म दर्ताका लागि पहल गरिदिन उनले आग्रहसमेत गरे ।

    अर्कातर्फ विवेकको परिवारले प्रयोग गरिरहेको सानो बाँससमेत जीर्ण बनेर ढलेपछि अहिले परिवारलाई थप समस्या भएको छ । जसले गर्दा अहिले टाउको लुकाउने ठाउँसमेत नभएको उनले सुनाए । छिमेकीकोमा शरण लिएर बस्नुपरेको भन्दै विवेकले पुरानो घर भएको ठाउँमा ऋणधन गरेर भए पनि एउटा घर बनाउने सपना रहेको बताए । तर, काम गरेर तिर्छु भन्नलाई समेत कुनै कागजात नहुँदा ऋण पाउने आशा नरहेको उनको दुखेसो थियो ।

    निकै इमानदार र मेहेनती विवेकको परिवारले उनैको भरथेगमा गुजारा गरिरहेको स्थानीय सुवास श्रेष्ठले बताए । पढाई लेखाइ गर्न नपाएका विवेकले ट्याक्टर चलाउन सिकेर जीविका चलाउने आधार बनाए पनि पूरा गर्न नसकेको उनको भनाइ थियो । विद्यमान कानुनी व्यवस्थाका कारण उनको जन्म दर्ता बन्न नसक्दा उनीसहित उनको भावी पिँढीले समेत अनागरिकको जीवन बाँच्नुपर्ने अवस्था देखिएको भन्दै दुःख व्यक्त गरे ।

    विवेकको समस्याका विषयमा वडाका तर्फबाट हुनेसम्म गर्न आफू तयार रहेको वडाध्यक्ष टमबहादुर घिसिङले बताए । नाबालक र नाबालिकाको जन्म दर्ताका विषयमा आफूले वडा सचिवसँग नियमित कुराकानी गरेर कानुनी प्रक्रियाअनुसार निकासका लागि पहल गरिरहेको उनले बताए । “कानुनले दिएको दायरमा रहेर उहाँहरूको कागजात बनाउने कुरामा पहल गरिरहेको छु”, वडाध्यक्ष घिसिङले भने ।

    Post Views: 91
    प्रकाशित मिति: २०८२ पुष २३, बुधबार ०९:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
    गिद्ध संरक्षणमा ऐतिहासिक सफलता
    Advertisement
    ताजा अपडेट
    • १. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • २. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ३. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    • ४. घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ४. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    • ५. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.