• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भत्काइएका जोखिमपूर्ण घरमा व्यापार, स्थानीय प्रशासनद्वारा रोक्न निर्देशन

  •  नेपाल चौतारी
  • २०८२ पुष २६, शनिबार ११:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बागमती । सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको घरहरूमा जोखिमपूर्ण रूपमा व्यापार व्यवसायी सञ्चालन भइरहेको छ । यही मङ्सिर २० गते सडक विस्तारका लागि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्मका मुख्य सडकको दायाँबायाँ सडक सीमा क्षेत्रभित्र पर्ने घरहरू सडक डिभिजन कार्यालय भत्काएको थियो ।

    सर्वोच्च अदालतको आदेशका कारण हाल सडक विस्तारको कार्य रोकिएपछि भत्काइएका संरचनाहरू व्यवस्थापन गर्ने क्रममा कतिपय व्यवसायीहरूले जोखिमपूर्ण घरमै व्यापार गरिरहेका छन् । जसका कारण कुनै पनि बेला ठूलो मानवीय क्षति हुन सक्ने स्थानीय कैलाश थापाले बताए।

    “सडक डिभिजन कार्यालयले भत्काएर भग्नावशेष अवस्थामा छाडेका घरबाटै व्यापारीहरूले पसल चलाइरहेका छन्”, उनले भने, “जसका कारण कुनै पनि बेला घर भत्किएर ठूलो जनधनको क्षति हुनसक्छ ।” भत्किएका घरमा पसल सञ्चालनमा तत्काल रोक लगाउनुपर्ने उनको भनाइ छ ।

    सडक विस्तारका लागि घरलाई भग्नावशेष बनाएर छाडेपछि आफूहरू अन्योलमा बताउँदै स्थानीय व्यापारी रोशन श्रेष्ठले कुनै विकल्प नभएकाले तत्कालका लागि ‘स्टक’मा रहेको सामानहरू मात्र बिक्री गरिरहेको बताए।

    “नयाँ सामानहरू बाहिरबाट मगाएको छैन”, उनले भने, “स्टकमा रहेका सामान त बिक्री गर्नै पर्‍यो, फ्याल्नुभएन ? त्यसैले ‘स्टक’को सामान जोखिम उठाएरै भए पनि बिक्री गरिरहेको छु ।” बाँकी रहेका सामान बिक्री भएपछि पसल बन्द गर्ने कि, अन्यत्र सार्ने भने सोचिरहेको छु उनले भने ।

    सर्वोच्च अदालतमा सडक विस्तारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले सडक विस्तारको काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी यादव सुवेदीले बताए। भत्किएका घरमा व्यापार पसल नगर्न व्यापारीहरूलाई आग्रह गरे पनि कतिपय व्यापारीहरूले जोखिमपूर्ण रूपमै व्यापार व्यवसायी सञ्चालन गरिरहेको उनको भनाइ छ ।

    यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारका लागि भत्काइएका जोखिमपूर्ण घरहरूमा व्यापार व्यवसाय गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाअन्तर्गत सडक विस्तारका क्रममा भत्काइएका र जोखिमपूर्ण अवस्थामा रहेका घरटहरामा व्यापार व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको हो ।

    जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, “भत्किएका तथा जोखिमपूर्ण संरचनाभित्र कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न र नगराउनु हुन अनुरोध छ ।” यदि कसैले चेतावनीको बेवास्ता गरी व्यवसाय सञ्चालन गरेमा र त्यसबाट कुनै पनि किसिमको विपद्जन्य घटना वा दुर्घटना घटेमा त्यसको पूर्ण जिम्मेवार घरधनी र सम्बन्धित व्यवसायी स्वयं हुने प्रशासनको सूचनामा उल्लेख छ ।

    साथै, संरचना व्यवस्थापनका क्रममा कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनसमेत सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

    Post Views: 92
    प्रकाशित मिति: २०८२ पुष २६, शनिबार ११:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.