• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

  •  नेपाल चौतारी
  • २०८२ पुष २६, शनिबार १६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके । हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की कल्भर्ड निर्माण सुरु भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको डाक राजमार्ग निर्देशनालय, परियोजना कार्यालय नेपालगञ्जले बाँकेको खजुरा गाउँपालिकास्थित नेपालगञ्ज–गुलरिया सडक खण्डमा पर्ने पिडारी नालामा चार लेनको ३४.४० मिटर लम्बाइको बहुकोष्ठ (मल्टिसेल) बक्स कल्भर्ट निर्माण सुरु गरेको छ ।

    उक्त आयोजना डाक राजमार्गको स्तरोन्नति तथा यस क्षेत्रको यातायात व्यवस्थापन सुधार गर्ने उद्देश्यले अगाडि बढाइएको महत्त्वपूर्ण पूर्वाधार परियोजना हो । सडक विभागका अनुसार उक्त निर्माणका लागि एम/एस नारायण निर्माण सेवा प्रालि, नेपालगञ्ज, बाँकेसँग ठेक्का सम्झौता गरिएको छ ।

    आयोजनाको कुल लागत सात करोड ६० लाख ३५ हजार ७३५ रुपैयाँ २१ पैसा रहेको छ । आयोजना २०८२ साल जेठ १९ गते सम्झौता भई २०८३ साल वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको परियोजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

    परियोजनाअन्तर्गत बक्स कल्भर्ट निर्माणसँगै नदी संरक्षण तथा पहुँच सडक निर्माणसमेत गरिनेछ । यसबाट वर्षायाममा पिडारी नालामा आउने बाढीका कारण हुने सडक अवरोधलाई स्थायी समाधान गर्ने अपेक्षा गरिएको छ । विगतमा बर्सेनि बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध हुने समस्या रहेको स्थानीयवासीले बताएका छन् ।

    स्थानीयका अनुसार उक्त क्षेत्रमा बाढी र पानीको बहावका कारण यात्रु तथा सवारीसाधनले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो । कल्भर्ट निर्माणपछि वर्षायाममा समेत सुरक्षित, सहज र नियमित यातायात सञ्चालन हुने विश्वास गरिएको छ ।

    Post Views: 107
    प्रकाशित मिति: २०८२ पुष २६, शनिबार १६:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.