• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

तनहुँ अपडेट: मृत भेटिएका तीनमध्ये एक जनाको सनाखत

  •  नेपाल चौतारी
  • २०८२ पुष २६, शनिबार २०:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तनहुँ । तनहुँको शुक्ल गण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन् । आज बिहान शुक्ल गण्डकी-५ कसेरीघाटमा निर्माणाधीन फोहोर मैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला परेको हो ।

    मृतकमध्ये एक जनाको पहिचान खुलेको छ भने दुईको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । पहिचान खुल्नेमा शुक्ल गण्डकी नगरपालिका–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार विक सोही प्रशोधन केन्द्र सञ्चालनको जिम्मा पाएको ग्रिन रोड प्रालिका कर्मचारी हुन् ।

    आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै टहरा बनाएर बस्नेमध्ये एक जना पुरुषको शव फेला परेको थियो ।

    “सोही टहरामा पुरुषसँगै बस्दै आएकी एक महिला हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा दिउँसो १२:०० बजेतिर दुई पुरुषको शव भेटिएको स्थानभन्दा करिब ७०० मिटर टाढा जनकल्याण माविको पछाडि कसेरीघाटको जंगलमा महिलाको पनि शव फेला परेको हो”, प्रहरी नायब उपरीक्षक विकले भने ।

    प्रारम्भिक अनुसन्धानबाट यो नियोजित हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ । “घटनास्थलमा तालिम प्राप्त कुकुर र फरेन्सिक टोली परिचालन गरेर सूक्ष्म अनुसन्धान गरिरहेका छौँ । मृतक दुई जनाको पहिचान खुल्न बाँकी छ, उनीहरू कवाडी संकलनको काम गर्ने बुझिएको छ । हामीले शंकास्पद व्यक्तिको खोजी र प्राविधिक विश्लेषणलाई तीव्रता दिएका छौँ, छिट्टै सत्य तथ्य बाहिर ल्याउनेछौँ”, प्रहरी नायब उपरीक्षक विकले भने ।

    Post Views: 114
    प्रकाशित मिति: २०८२ पुष २६, शनिबार २०:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.