• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘समावेशी सिद्धान्तमा आधारित समाज निर्माण गर्ने संकल्प गरौँ’-उपराष्ट्रपति

  •  नेपाल चौतारी
  • २०८२ पुष २७, आईतवार ०७:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूल मन्त्र बनाउन संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

    राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई अन्त्य गर्ने संकल्पले मात्र मुलुकलाई आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक उन्नतितर्फ अघि बढाउन सकिने बताएका छन् ।

    उनले भनेका छन्, “कुनै पनि जातीय, वर्गीय, धार्मिक र क्षेत्रीय द्वन्द्वलाई निस्तेज गर्दै भाइचारा, मेलमिलाप र अपनत्वभाव विकास गर्नमा पनि यस दिवसले योगदान पुग्ने विश्वास लिएको छु, राष्ट्रिय एकता दिवसले हाम्रो समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्ग प्रशस्त गरोस् ।”

    उपराष्ट्रपति यादवले नेपालको बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, सहिष्णुता र समरसता अभिवृद्धि गर्ने उत्प्रेरकका रूपमा एकता दिवसलाई उपयोग गर्न सक्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय एकता दिवसले हामीलाई आपसी विश्वास, सहयोग र साझा जिम्मेवारीको भावनासहित अघि बढ्न आह्वान पनि गरेका छन् ।

    “राष्ट्रिय एकता दिवस २०८२ ले विविधतामा एकतालाई हाम्रो राष्ट्रिय पहिचानको आधार बनाउँदै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित समतामूलक समाज निर्माण गर्ने संकल्पलाई थप सबल बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

    पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीका रूपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने र मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको उपराष्ट्रपति यादवको भनाइ छ । उनले भने, “आजको दिनले हामीलाई व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदछ, युवापुस्तालाई मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना जागृत गर्नमा यस दिवसको विशेष महत्त्व छ ।”

    Post Views: 73
    प्रकाशित मिति: २०८२ पुष २७, आईतवार ०७:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.