• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

  •  नेपाल चौतारी
  • २०८२ पुष २७, आईतवार ०९:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन्। शनिबार रुकुम पश्चिममा आयोजना गरिएको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

    उनले भने,‘म अहिलेको चुनाव रुकुमैबाट लड्छु। म पूर्वी रुकुममा आउने करिब निश्चित छ। म पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुम पनि आउने नै हो। रुकुम एउटै हो।’

    दाहालले जनार्दन शर्मालाई आन्दोलनबाट भागेको नेताको संज्ञा दिएका छन्। उनले रुकुमका जनता महान रहेको र जनार्दनजस्तो भगौडाको पछि नलागेको भनेर धन्यवाद ज्ञापन गरे।

    मध्यपहाडी लोकमार्ग अभियानको क्रममा आफूले रुकुमका नेता कतिपय पलायन भएको र तर जनता पलायन नभएको भनेर भाषण गरेको पनि दाहालले स्मरण गराए। रुकुमका जनता र कार्यकर्ता जहिल्यैपनि नेतृत्व, क्रान्ति र पार्टीको साथमा रहेको उनको भनाइ थियो।

    उनले रुकुमेली जनता कुनै पलायन, ढोंगी र पाखण्डको पछि नलाग्ने भनेर आफूले पहिल्यैपनि भनेको सम्झाए। उनले भने,‘रुकुमेली जनता पार्टीको पक्षमा उभिएका छन्। उनीहरु त क्रान्तिका लाल सिपाही हुन्।’

    जनार्दन शर्मा विचलित भएको र कम्युनिष्ट अनि माक्र्सवाद छोड्ने ठाउँमा पुगेको प्रचण्डको आरोप छ। उनले जनार्दनहरुलाई साम्राज्यवादी र प्रक्रियावादीहरुको षड्यन्त्रअन्तर्गत विचलित गराइएको आरोप लगाए।

    उनले आफू अब रुकुमको पक्षमा रहने पनि घोषणा गरे। उनले भने,‘म हमेशा तपाईंहरुको साथमा हुनेछु। हेडक्वार्टर तपाईंहरुको साथमा हुनेछ। पहिलेभन्दा बढि यहाँको विकास गर्नेछु । यहाँको समग्र विकासमा मेरो साथ हुनेछ। नयाँ संकल्प गरेका छौं।’

    Post Views: 62
    प्रकाशित मिति: २०८२ पुष २७, आईतवार ०९:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.