• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

डा. बाबुराम भट्टराई गोरखाको दुवै क्षेत्रबाट सिफारिस

  •  नेपाल चौतारी
  • २०८२ पुष २७, आईतवार १७:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । गोरखाको दुवै निर्वाचन क्षेत्रबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले डा. बाबुराम भट्टराईलाई उम्मेदवार सिफारिस गरेको छ ।

    शनिबार बसेको प्रलोपाको जिल्ला समिति बैठकले पार्टीको संरक्षकसमेत रहेका भट्टराईलाई दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो । उम्मेदवार सिफारिसमा दुवै क्षेत्रबाट भट्टराईको नाम पहिलो नम्बरमा रहेको छ ।

    क्षेत्र नम्बर १ बाट भट्टराईसहित शारदाप्रसाद धिताल, बाबुराम नेपाली, अर्जुन पन्त र साधुराम नेपालीको नाम सिफारिस भएको प्रलोपाका जिल्ला इन्चार्ज यानप्रसाद भट्टले बताए । त्यस्तै, क्षेत्र नम्बर २ बाट भट्टराईसहित बाबुराम श्रेष्ठ, परशुराम पोखरेल र सानु गुरुङको नाम सिफारिस गरिएको छ ।

    गोरखाका दुईमध्ये एक क्षेत्रबाट चुनाव लड्न सहजताका लागि भट्टराईको नाम दुवै क्षेत्रबाट सिफारिस गरिएको भट्टले बताए ।

    केही दिनअघि कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइडमा बोल्दै भट्टराईले भनेका थिए, ‘अहिले नयाँ पुस्ताका रूपमा जेन जेड आएको छ । उनीहरूलाई नै अगाडि सार्नुपर्छ भन्ने मेरो सुविचारित धारणा हो । म अब सक्रिय सत्ताको राजनीति गर्दिनँ । उम्मेदवारीमा त म नउठ्ने नै हो । निर्वाचनमा प्रत्याशी हुन्नँ ।’

    उनले चुनावमा नउठ्ने भने पनि जिल्ला र प्रदेशबाट निर्वाचन लड्नपर्छ भनेर आफूहरूले भनिरहेको भट्टको भनाइ छ । ‘उहाँसँग भिजन पनि छ, संसद्‍मा आफ्ना कुरा स्पष्ट राख्न सक्ने र संसद्कै अभिभावक पनि बन्न सक्नुहुन्छ भनेर चुनाव उठ्न दबाब दिएका हौँ,’ उनले भने ।

    त्यस्तै, गोरखाबाट दिनेशबाबु जोशी, इन्दिरा बस्ताकोटी, महेश गुरुङ, नारायणी अधिकारी र लालबहादुर विक समानुपातिक बन्द सूचीमा रहेको पनि भट्टले जानकारी दिए ।

    Post Views: 76
    प्रकाशित मिति: २०८२ पुष २७, आईतवार १७:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    Advertisement
    ताजा अपडेट
    • १. चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    • २. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ३. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ४. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ५. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.