• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अग्नि खरेलले भने : ‘काँग्रेस विभाजनले चुनावलाई अनिश्चिततामा धकेल्न सक्छ’

  •  नेपाल चौतारी
  • २०८२ पुष ३०, बुधबार १३:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता समेत रहेका अग्नि खरेलले नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवाद र सम्भावित विभाजनले चुनावलाई असर गर्न सक्ने बताएका छन् ।

    उनले विभाजनले ल्याउन सक्ने कानुनी जटिलताले चुनावलाई सहज नगर्ने उल्लेख गरेका छन् ।

    दलहरूको विभाजनले गम्भीर राजनीतिक संकटतर्फ धकेल्ने चेतावनी दिएका छन् । उनले काँग्रेस विभाजन अहिलेको अवस्थामा न पार्टीको हितमा हुने र न त देश, लोकतन्त्र तथा संविधानको हितमा हुने स्पष्ट पारेका छन् ।

    खरेलले भने, ‘यो समय कुनै पनि ठूला राजनीतिक दल फुट्नुपर्ने अवस्था होइन। विशेष गरी काँग्रेस र एमाले जस्ता दलहरूले संविधान ल्याएका हुन्, लोकतान्त्रिक व्यवस्थालाई जोगाउने ऐतिहासिक जिम्मेवारी बोकेका छन्। यस्तो बेलामा काँग्रेस विभाजित हुनु भनेको देशलाई थप संकटतर्फ लैजानु हो ।’

    उनका अनुसार काँग्रेस विभाजन भएमा सबैभन्दा ठुलो असर आगामी निर्वाचनमा पर्नेछ । ‘काँग्रेस जस्तो ठुलो पार्टी विभाजनमा गयो भने चुनाव समयमै हुन्छ भन्ने सुनिश्चितता कमजोर हुन्छ,’ उनले भने, ‘चुनाव अनिश्चिततातर्फ गयो भने संसद्, लोकतान्त्रिक प्रक्रिया र राज्य सञ्चालनमै प्रश्न उठ्छ ।’

    खरेलले चुनाव नहुनु वा लगातार सर्दै जानु गम्भीर जोखिम हुने उल्लेख गरे । चुनाव नहुने अवस्था ‘बंगलादेश तर्फको यात्रा’ हुने आशंका गरे । ‘चुनावको मिति छाड्दै जानु भनेको लोकतन्त्र कमजोर हुँदै जानु हो। काँग्रेसका नेताहरू के साँच्चै देशलाई त्यही दिशातर्फ लैजान चाहन्छन् ?’ उनले प्रश्न गरे।

    काँग्रेसभित्रको नेतृत्व विवादबारे बोल्दै खरेलले यसलाई आन्तरिक विषय माने पनि त्यसको परिणाम राष्ट्रिय हुने भएकाले त्यसले चिन्ता जगाएको उल्लेख गरे ।

    ‘शेरबहादुर देउवाले कदम चालेर यो संकट व्यवस्थापन गर्न सकिन्थ्यो,’ उनले भने, ‘भविष्य देख्ने भनिएका नेताहरूले पनि पार्टी फुटाएर भविष्य बन्छ कि बन्दैन भन्ने गम्भीरतापूर्वक सोच्नुपर्छ ।’

    उनले महाधिवेशन, कारबाही, अदालत र निर्वाचन आयोगसम्म विवाद पुग्न सक्ने सम्भावनाले झनै जटिलता थप्ने बताए।

    ‘एक अर्कामाथि कारबाही, अदालतमा मुद्दा, निर्वाचन आयोगको वैधानिकताको प्रश्न-यी सबैले राजनीतिक अस्थिरता मात्रै बढाउँछ,’ खरेलको भनाइ छ।

    Post Views: 53
    प्रकाशित मिति: २०८२ पुष ३०, बुधबार १३:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला
    भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने
    प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने
    Advertisement
    ताजा अपडेट
    • १. माथिल्लो त्रिशूली–१ को टनेलमा थप ७ शव फेला

    • २. भोटेकोशी बाढी प्रभावित पत्रकारका परिवारलाई महासङ्घले एक–एक लाख सहयाेग गर्ने

    • ३. प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

    • ४. भारतीय विदेशमन्त्री एस जयशंकरसँग अर्थमन्त्री वाग्लेको भेट, आर्थिक तथा ऊर्जा सहकार्यमा जोड

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.