• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चीनद्वारा ‘इन्टरनेट उपग्रह समूह’ सफलतापूर्वक प्रक्षेपण

  •  नेपाल चौतारी
  • २०८२ माघ ७, बुधबार ०८:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    वेनचाङ, हैनान । चीनले सोमबार दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ ।

    हैनानस्थित व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट अपराह्न ३:४८ बजे प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ ।

    यो सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन अन्तर्गत भएको दोस्रो प्रक्षेपण हो । यसअघि छ दिनअघि सोही स्थलबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।

    चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) अन्तर्गत अन्तरिक्ष क्षेत्रलाई देशको औद्योगिक प्रणाली र वास्तविक अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा मानिएको छ । उच्च कार्यक्षमता, बजारमुखी नवप्रवर्तन र ठूलो मात्रामा उत्पादन क्षमता भएका व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले चीनको अन्तरिक्ष विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

    सोमबार प्रक्षेपित उपग्रहहरू बेइजिङस्थित व्यावसायिक कम्पनी ग्यालेक्सीस्पेसले विकास गरेको हो । उक्त कम्पनीले हालसम्म स्टारलिङ्क–जस्तै उपग्रह सञ्जाल निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

    ग्यालेक्सीस्पेसका प्रमुख मोडेल डिजाइनर हु झाओका अनुसार नयाँ उपग्रहहरूमा कम्पनीद्वारा विकास गरिएका अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ, जसले उत्पादन दक्षता उल्लेखनीय रूपमा बढाएको छ ।

    विशेषज्ञहरूका अनुसार उक्त उपग्रह कन्ष्टेलेसनहरूले स्मार्टफोन–उपग्रह प्रत्यक्ष जडान तथा भविष्यको ६जी अन्तरिक्ष–भू सूचना सञ्जाल निर्माणमा महत्त्वपूर्ण आधार प्रदान गर्नेछन् ।

    Post Views: 79
    प्रकाशित मिति: २०८२ माघ ७, बुधबार ०८:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.