• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम

  •  नेपाल चौतारी
  • २०८२ माघ ९, शुक्रबार १४:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन । सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिएको छ । यससँगै, वर्षौंदेखि २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको प्लेटफर्ममाथि सम्भावित प्रतिबन्धको खतरा टरेको छ ।

    कम्पनीले नयाँ ‘टिकटक युएस’ नामक संयुक्त उद्यम गठन गर्न ओरेकल, सिल्भर लेक तथा संयुक्त अरब इमिरेट्सको लगानी फर्म एमजिएक्ससहित प्रमुख लगानीकर्ताहरूसँग सम्झौतामा हस्ताक्षर गरेको हो । टिकटकले बिहीबार जारी गरेको विज्ञप्तिमा नयाँ संस्करण ‘परिभाषित सुरक्षा उपायहरू अन्तर्गत सञ्चालन हुने, जसले व्यापक डाटा सुरक्षा, एल्गोरिदम सुरक्षा, सामग्री नियमन तथा अमेरिकी प्रयोगकर्ताहरूका लागि सफ्टवेयर आश्वासनमार्फत राष्ट्रिय सुरक्षाको संरक्षण गर्ने’ स्पष्ट गरेको छ । यस सम्झौतापछि पनि अमेरिकी प्रयोगकर्ताहरूले उही टिकटक एप प्रयोग गर्न सक्नेछन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत सम्झौताको स्वागत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति ‘हामीसँग सहकार्य गरी अन्ततः सम्झौतालाई अनुमोदन गरेकोमा’ विशेष धन्यवाद दिएका छन् । उनले भविष्यमा टिकटक प्रयोग गर्नेहरूले आफूलाई सम्झने आशा पनि व्यक्त गरेका छन् ।

    यस विषयमा चिनियाँ सरकारले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । यद्यपि, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङ्ग्युले यसअघि नै टिकटकप्रति चीनको धारणा ‘स्थिर र स्पष्ट’ रहेको बताएका थिए ।

    नयाँ संयुक्त उद्यमको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा एडम प्रेसर नियुक्त भएका छन् । उनले सात सदस्यीय, बहुमत अमेरिकी सदस्य रहेको निर्देशक मण्डलसँग सहकार्य गर्नेछन्, जसमा टिकटकका वर्तमान सिइओ शौ च्यु पनि सदस्य छन् ।

    यस सम्झौताले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्यबारे लामो समयदेखिको अनिश्चिततालाई अन्त्य गरेको छ । कङ्ग्रेसमा द्विदलीय समर्थनसहित पारित र तत्कालीन राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षर गरिएको कानूनअनुसार, बाइटडान्सले नयाँ अमेरिकी स्वामित्व नदिए टिकटक जनवरी २०२५ मा प्रतिबन्धमा पर्ने अवस्था थियो । केही समयका लागि प्लेटफर्म बन्दसमेत भयो । तर कार्यकालको पहिलो दिनमै राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमार्फत टिकटक सञ्चालनको अनुमति दिएका थिए । र बिक्रीसम्बन्धी सम्झौता खोज्न निर्देशन दिएका थिए ।

    सम्झौताअनुसार, अमेरिकी प्रयोगकर्ताहरूको डाटा ओरेकलद्वारा सञ्चालित प्रणालीमा स्थानीय रूपमा भण्डारण हुनेछ । साथै, टिकटकको सामग्री सिफारिस एल्गोरिदमलाई अमेरिकी प्रयोगकर्ता डाटाका आधारमा पुनः तालिम, परीक्षण र अद्यावधिक गरिनेछ । एल्गोरिदमकै विषयलाई लिएर सुरक्षा बहस चर्किएको थियो, किनभने चीनले यसलाई आफ्नै नियन्त्रणमा रहनुपर्ने बताउँदै आएको थियो । तर अमेरिकी कानूनले बाइटडान्ससँगको सम्बन्ध, विशेष गरी एल्गोरिदममा, विच्छेद हुनुपर्ने व्यवस्था गरेको छ । यस सम्झौताअन्तर्गत भने बाइटडान्सले एल्गोरिदम पुनः प्रशिक्षणका लागि अमेरिकी निकायलाई इजाजत पत्र दिनेछ ।

    यद्यपि, कानूनले सामग्री सिफारिस एल्गोरिदम सञ्चालनमा बाइटडान्स र नयाँ अमेरिकी स्वामित्व समूहबीच कुनै सहकार्य निषेध गरेकाले, यस व्यवस्थाको व्यावहारिक कार्यान्वयन कसरी हुने भन्ने प्रश्न अझै खुला रहेको विज्ञहरू बताउँछन् । जर्जटाउन विश्वविद्यालयका कानून तथा प्रविधि प्राध्यापक अनुपम चन्दरले भने, “अमेरिकामा टिकटकलाई कसले नियन्त्रण गर्छ भन्ने कुराले अमेरिकीहरूले एपमा के देख्छन् भन्ने विषयमा ठूलो प्रभाव पार्छ ।”

    लगानी संरचनाअनुसार, ओरेकल, सिल्भर लेक र एमजिएक्स तीनै प्रबन्ध लगानीकर्तासँग १५–१५ प्रतिशत सेयर रहेको छ । अन्य लगानीकर्तामा डेल टेक्नोलोजीका संस्थापक अर्बपति माइकल डेलको लगानी फर्म पनि समावेश छ । बाइटडान्सले भने संयुक्त उद्यममा १९.९ प्रतिशत हिस्सा कायम राखेको छ ।

    Post Views: 110
    प्रकाशित मिति: २०८२ माघ ९, शुक्रबार १४:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.