• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जिम्बाबेमाथि नेपालको जित, सुपर-६को यात्रा अझै सम्भव

  •  नेपाल चौतारी
  • २०८२ माघ १०, शनिबार १७:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा जिम्बाबेलाई पराजित गर्दै नेपालले प्रतियोगिताको सुपर-६ चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ।

    लगातार दुई खेलमा पराजय बेहोरेको नेपाली महिला टोलीले तेस्रो प्रयासमा पहिलो जित हासिल गरेको हो। शनिबार सम्पन्न खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले हराउँदै महत्वपूर्ण अंक जोड्यो। यस हारसँगै जिम्बाबे भने समूह चरणमै अंकविहीन अवस्थामा प्रतियोगिताबाट बाहिरिएको छ।

    यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनको साँघुरो अन्तरले पराजित भएको थियो।

    अब नेपालले समूह चरणको अन्तिम खेल सोमबार स्कटल्यान्डविरुद्ध खेल्नेछ। उक्त खेलमा जित निकाल्दै नेट रनरेटमा अग्रता बनाउन सके नेपाल सुपर–६ चरणमा प्रवेश गर्नेछ। पराजय वा नेट रनरेट कमजोर भएमा नेपाल समूह चरणमै सीमित हुनेछ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस ध्लोबुले सर्वाधिक ५२ रन जोडिन् भने विलभ्ड विजाले ३४ रनको योगदान दिइन्।

    नेपालका तर्फबाट रिया शर्माले २ विकेट लिइन्। कविता कुँवर, पुजा महतो, सिता रानामगर र रुविना क्षेत्रीले समान एक-एक विकेट हात पारे।

    १ सय ३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। उपकप्तान पुजा महतोले ५० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रनको अविजित अर्धशतकीय इनिङ्स खेलिन्। रुविना क्षेत्री २ रनमा अविजित रहिन्।

    ओपनर विन्दु रावल १५ रनमा एलबीडब्लु आउट भइन् भने कप्तान इन्दु बर्मा २२ रन बनाएर बोल्ड भइन्। सिता रानामगर ११ रनमा खेलिरहेका बेला चोटका कारण रिटायर्ड हर्ट भइन्।

    Post Views: 100
    प्रकाशित मिति: २०८२ माघ १०, शनिबार १७:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.