• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रिमियर लिगका पाँच क्लब अन्तिम १६ मा प्रवेश

  •  नेपाल चौतारी
  • २०८२ माघ १५, बिहीबार ०९:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । इंग्लिस प्रिमियर लिगका ६ मध्ये ५ क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

    लिगमा शतप्रतिशत जित निकालेको आर्सनलसहित लिभरपुल, टोटनहम, चेल्सी र म्यान्चेस्टर सिटी लिगको शीर्ष ८ भित्र पर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

    न्युकासल युनाइटेडले भने प्लेअफ खेल्ने छ ।गएराति भएको अन्तिम लिग खेलमा पाँचवटै टोलीले जित निकाल्दा न्युकासलले भने बराबरी खेल्यो । आर्सनलले काइरातलाई ३–२ गोलअन्तरले पराजित गर्‍यो । आर्सनलले ८ खेलमै जित निकालेर २४ अंक जोडेर शीर्षस्थानमा रह्यो।

    लिभरपुलले काराबागलाई ६–० को फराकिलो अन्तरले पराजित गर्‍यो । लिभरपुल ८ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रह्यो । टोटनहमले फ्रान्कफर्टलाई २–० ले पराजित गर्‍यो । टोटनहम १७ अंकका साथ चौथोमा रह्यो ।

    यस्तै चेल्सीले नापोलीलाई ३-२ गोलअन्तरले पराजित गर्‍यो । चेल्सी १६ अंकका साथ छैटौं स्थानमा रह्यो । म्यान्चेस्टर सिटीले गालातासारेलाई २-० ले हराउँदै आठौं स्थानमा रहेर अन्तिम १६ का लागि छनोट हुन सफल भयो ।

    न्युकासलले भने पीएसजीसँग १–१ गोलको बराबरी खेल्दा शीर्ष ८ भित्र पर्न सकेन र १२औं स्थानमा रहेर प्लेअफका लागि छनोट भयो ।

    च्याम्पियन्स लिगका ३६ टोलीमध्ये शीर्ष ८ ले सिधै अन्तिम १६ खेल्न पाउँछन् भने नवौंदेखि २४औं स्थानसम्मका टोलीले प्लेअफ खेल्दा बाँकी १२ टोली बाहिरिने छन् ।

    Post Views: 107
    प्रकाशित मिति: २०८२ माघ १५, बिहीबार ०९:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.