• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरानका सर्वोच्च नेता खामेनीले भने – अमेरिकाले आक्रमण गरे क्षेत्रीय युद्ध सुरु हुन्छ

  •  नेपाल चौतारी
  • २०८२ माघ १९, सोमबार ११:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले इरानमाथि अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका छन् ।

    इरान वरपरको क्षेत्रमा अमेरिकाले सैन्य टोली तैनाथ गरिरहेका बेला  खामेनीको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

    ‘अमेरिकीहरूले यदि युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध शुरू हुने छ,’ खामेनीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था तस्निमले भनेको छ । खामेनीले अमेरिकाको धम्कीबाट इरान नतर्सिने पनि बताएका छन् ।

    इरानको पारमाणविक कार्यक्रम र सरकार विरोधी प्रदर्शनकारीमाथि भएको दमनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने धम्की दिँदै आएका छन् । यसले इरानसहित खाडी क्षेत्रमा तनावको वातावरण बनेको छ । नेपाल सरकारले ट्राभल एडभाइजरी जारी गर्दै इरान छाड्न र इरान जाने कार्यक्रम स्थगित गर्न आह्वान गरेको छ ।

    तनावको बीचमा शान्ति बहालीका कूटनीतिक प्रयास भने भइरहेका छन् । विशेष गरी कतारले त्यसको पहल गर्दै आएको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहेका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इरानबारे गम्भीर छलफल भइरहेको बताएका थिए भने इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि छलफल सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘मिडियामा सिर्जना गरिएको कृत्रिम युद्धको माहोलभन्दा फरक रूपमा वार्ताको ढाँचा निर्माणको काम अघि बढिरहेको’ जानकारी दिएका थिए ।

    तर कुन स्तरमा, कस्तो खालको छलफल भइरहेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

    Post Views: 80
    प्रकाशित मिति: २०८२ माघ १९, सोमबार ११:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.