• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

टी–२० विश्वकप : सनसनीपूर्ण खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

  •  नेपाल चौतारी
  • २०८२ माघ २५, आईतवार १९:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुम्बई । नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

    इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन ।

    १८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगत्तै छैटौं ओभरमा कुशल भुर्तेललाई पनि गुमायो । भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २९ रन जोडे ।

    दुवै ओपनर आउट हुँदा नेपाल ४२-२ को स्थितीमा थियो । त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । यो साझेदारीले इंग्लयाण्डलाई कुनै बेला दबामा राखेको थियो ।

    तर १५औं ओभरमा दीपेनेद्रलाई साम करनले आउट गरेपछि नेपालले तेस्रो विकेट गुमायो । नेपालक लागि टी२०आईमा २ हजार रनर पूरा गर्ने पहिलो खेलाडी बनेका दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का मदतमा ४४ रन बनाए । उनले ४४ रन बनाएपछि टी२०आईमा १ हजार रन पूरा भएको हो ।

    लगत्तै कप्तान रोहित पनि ३९ रन बनाएर आउट भए । ३४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेखले ८ बलमा १० रन बनाए ।

    बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।

    इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।

    ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो । ५७-३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए ।

    बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

    Post Views: 82
    प्रकाशित मिति: २०८२ माघ २५, आईतवार १९:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’
    दुई सय ८६ किलो गाँजासहित दुई जना पक्राउ
    संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी
    Advertisement
    ताजा अपडेट
    • १. सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

    • २. दुई सय ८६ किलो गाँजासहित दुई जना पक्राउ

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. काँग्रेस संसदीय दलको नेता चयन वैशाख ४ मा, २ गते कार्यतालिका सार्वजनिक हुने

    • ५. निर्वाचन समीक्षा गर्न काँग्रेसका शीर्ष नेता दाङमा

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.