• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

टी-२० विश्वपकमा न्युजिल्यान्डको लगातार दोस्रो जित, युएई १० विकेटले पराजित

  •  नेपाल चौतारी
  • २०८२ माघ २७, मंगलवार २१:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । टिम सिर्फट र फिन एलेनले कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि न्युजिल्यान्डले आईसीसी पुरुष टी-२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।

    न्युजिल्यान्डले युएईलाई १० विकेटले पराजित गरेको हो । सिर्फट र एलेनले टी-२० विश्वकप इतिहासमै कुनै पनि विकेटका लागि हाल सम्मकै उच्च साझेदारी गरे । चेन्नईमा पहिले ब्याटिङ गरेको युएईले कप्तान मोहम्मद वासिम र अलिशान शराफुको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

    दोस्रो विकेटका लागि वासिम र शराफुले १ सय ७ रनको साझेदारी गर्दै बलियो आधार तयार पारेका थिए । ४५ बलमा ६६ रन बनाउँदै वासिम अविजित रहे भने शराफुले ४७ बलमा ५५ रन जोडे । यो साझेदारी टी(२० विश्वकपमा कुनै एसोसिएट टोलीले पूर्ण सदस्य राष्ट्रविरुद्ध बनाएको पहिलो शतकीय साझेदारीसमेत थियो ।

    न्युजिल्यान्डका लागि म्याट हेनरीले २ विकेट लिए । १ सय ७४ रनको लक्ष्य न्युजिल्यान्डले २८ बल बाँकी रहँदै विनाकुनै विकेट गुमाएर पुरा गर्‍यो । ओपनर सिर्फट र एलेनले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै युएईको सबै सम्भावना समाप्त गरिदिए । सिर्फटले ४२ बलमा ८९ र एलेनले ५० बलमा ८४ रनको अर्धशतकीय योगदान दिए ।

    यो जोडीले गरेको १ सय ७५ अविजित साझेदारीले सन् २०२२ को सेमिफाइनलमा भारतविरुद्ध इंल्यान्डका जोस बटलर र एलेक्स हेल्सले बनाएको १ सय ७० रनको कीर्तिमान भङग भयो । जितसँगै समूह डीको शीर्ष स्थानमा रहेको न्युजिल्यान्डले सुपर ८ को सम्भावनालाई बलियो बनाएको छ । आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको ब्ल्याक क्यप्सले २ खेलमा ४ अंक जोडेको छ ।

    युएईले भने हारसहित विश्वकपको सुरुवात गर्‍यो । टी-२० विश्वकपमा अहिले पाकिस्तान र अमेरिकाबीचको खेल जारी छ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर म्यास र म्याक्स २ बाट भइरहेको छ ।

    Post Views: 47
    प्रकाशित मिति: २०८२ माघ २७, मंगलवार २१:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै
    राष्ट्रियसभाको अध्यक्ष इस्तानबुल प्रस्थान
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद

    • २. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • ३. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    • ४. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • ५. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.