• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १, शुक्रबार ०७:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । २१० रनको लक्ष्य पछ्याएको नामिबियाले १८ ओभर दुई बलमा अलआउट हुँदा ११६ रन बनायो ।

    भारतको जितमा ओपनर ईशान किशनले २४ बलमा ६१ रन बनाए भने हार्दिक पाण्ड्याले ५२ रनको महत्त्वपूर्ण योगदान दिए । तिलक वर्माले २५ रन जोडे भने शिवम दुबे २३ रनमा रनआउट भए। कप्तान सूर्यकुमार यादव १२ रनमै आउट हुँदा सन्जु सैमसनले २२ रन जोडे। अक्षर पटेल भने खाता नखोली पभेलियन फर्किएका थिए ।

    नामिबियाका कप्तान जेरार्ड इरास्मसले शानदार बलिङ प्रदर्शन गर्दै भारतलाई दबाबमा राखे । उनले ४ विकेट लिए भने १९ औं ओभरमा लगातार तीन विकेट झार्दै भारतको रन गति रोके ।

    टस जितेर पहिले फिल्डिङ गरेको नामिबियाले जितका लागि २१० रनको लक्ष्य पछ्याएको थियो । उसका लागि लोरेन स्टीनक्याम्पले सर्वाधिक २९ रन बनाउँदा जान फ्राइलिंकले २२ रन थप्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

    नामिबियालाई सस्तैमा रोक्न भारतका लागि वरुण चक्रवतीले तीन विकेट लिँदा हार्दिक पाण्डेया र अक्षर पट्टेलले दुईदुई विकेट हात पारे ।

    यो जितसँगै समूह ‘ए’को भारतले चार अंक बनाएको छ । पहिलो खेलमा भारतले अमेरिकालाई २९ रनले हराएको थियो । समूह एमा समान अंक भएको पाकिस्तान दोस्रो स्थानमा छ भने भारत रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

    दुई खेल खेल्दा नामिबियाले भने खाता खोल्न सकेको छैन । पहिलो खेलमा नेदरल्यान्डसँग नामिबिया सात विकेटले पराजित भएको थियो ।

    Post Views: 84
    प्रकाशित मिति: २०८२ फाल्गुन १, शुक्रबार ०७:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.