आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल र वेस्ट इन्डिजविरुद्ध खेल सुरु भएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । नेपालको ओपनिङ ब्याट्सम्यानमा कुशल भुर्तेल र आसिफ शेख छन् । खेलको पहिलो ओभरमै नेपालको एक विकेट पतन भएको छ । ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका अपकद हुसेनले स्टम्प आउनट गरेका हुन् । भुर्तेलको स्थानमा अहिले कप्तान रोहीत पौडेल क्रिजमा आएका छन् ।
आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामीलाई आज प्लेइङ ११ मा समेटिएको हो । पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनले हारेको नेपाल दोस्रो खेलमा इटालीसँग १० विकेटले स्तब्ध भएको थियो । विश्वकपको सुपर आठमा पुग्ने गणितिय संभावना जिवित राख्न पनि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ ।
नेपालले यसअघि एसिया कप खेल्नुअघि वेष्ट इन्डिजसँगको मैत्रिपूर्ण टी–ट्वेन्टी श्रृंखला २–१ ले जितेर सनसनी मच्याएको थियो । आजको खेलमा पनि त्यही इतिहास दोहोर्याउने नेपालको लक्ष्य रहेको छ । वेस्ट इन्डिजले भने लगातार दुई जितसहित ४ अंकका साथ समहूको शीर्षस्थानमा छ ।
आजको खेलमा जित हात पार्नसके वेस्ट इन्डिजले सुपर ८ मा स्थान पक्का गर्नेछ भने नेपाल एक खेल बाँकी रहादै समूह चरणबाट बाहिरीनेछ । यही नेपालले आजको खेल जित्यो र स्कट ल्याण्डलाई पनि पराजित गर्न सक्यो भने अर्को चरण प्रवेशका लागि अन्य नतिजामा भर पर्नुपर्ने हुन्छ ।






