• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अन्नपूर्ण केवलकार पाचौं बर्षमा: निशुल्क स्वास्थ शिविरसहित सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ६, बुधबार १३:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     पोखरा । अन्नपूर्ण केबलकार लिमिटेड चौँथो बर्ष पूरा गरी पाचौं बर्षमा प्रवेश गरेको छ । आफ्नो चौंथो वार्षिकोत्सवको अवसरमा कम्पनीले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ । 

    यस अवसरमा कम्पनीले स्त्री रोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम निःशुल्क रूपमा आयोजना गरी स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ। कम्पनीका अनुसार आयोजित स्वास्थ्य शिविरबाट ४८ जनाले प्रत्यक्ष लाभ लिएका छन् भने २७ जनाले रक्तदान गरेका छन्। साथै, स्थापना कालदेखि निरन्तर रूपमा कार्यरत कर्मचारीहरूलाई सम्मानसमेत गरिएको छ। वार्षिकोत्सवलाई सामाजिक सेवा केन्द्रित बनाउँदै केबलकारले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयास गरेको जनाएको छ । 

    पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटस्थित केबलकार स्थापना कालदेखि नै नियमित सञ्चालनमा रहेको छ। बिहान सूर्योदयदेखि साँझसम्म सञ्चालन हुने केबलकार सेवाले सराङकोटबाट सूर्योदय तथा हिमालको दृश्य अवलोकन गर्न जाने पर्यटकको समय बचत गर्दै आएको छ। केवल ९ मिनेटको यात्रामा फेवाताल, लेकसाइड क्षेत्र, ग्रामीण बस्ती तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

    यसैबीच, प्रत्येक सोमबार साँझ हुने आरती दर्शनका लागि जाने दर्शकलाई विशेष सहुलियत स्वरूप प्रति टिकट २५० रुपैयाँमा साँझ ५ बजेदेखि ८ बजेसम्म सेवा उपलब्ध गराइँदै आएको छ। पर्यटकको सुविधालाई ध्यानमा राख्दै लेकसाइड क्षेत्रदेखि केबलकार स्टेशनसम्म निःशुल्क यातायातको व्यवस्था गरिएको छ भने चितवनदेखि आउने यात्रुका लागि समेत स्टेशनसम्म आउने–जाने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

    वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका सामाजिक तथा सेवा मूलक कार्यक्रमले केबलकारको सामाजिक प्रतिबद्धता उजागर गरेकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । आइपिओ निष्कासनको अन्तिम तयारीमा रहेको अन्नपूर्ण केवलकारले सेवाग्राहीको सुविधालाई ध्यानमा राखी अनलाईन टिकट बुकिङदेखि केवलकार सम्बन्धि सम्पूर्ण जानकारीसहितको एप सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका संचालक चन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    Post Views: 119
    प्रकाशित मिति: २०८२ फाल्गुन ६, बुधबार १३:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.