• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट हुँदा छ जनाको मृत्यु, १२ घाइते

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ७, बिहीबार १३:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पाकिस्तान । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीको आवासीय भवनमा बिहीबार ग्याँस चुहावटले गर्दा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । भवनको पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षेतिग्रस्त हुँदा दुर्घटना भएको सरकारी उद्धार कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।

    विस्फोटको सूचना पाए पछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताहरूले खोजी अभियानका लागि सबै उपलब्ध स्रोतहरू प्रयोग गरेर पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन् ।

    प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यासबाट ग्याँस चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ ।

    बालबालिकासहित घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाउँदै उद्धार टोलीहरूले भग्नावशेष मुनि कोही पनि फसेको छैन भनेर सुनिश्चित गर्न उत्खनन प्रयास जारी राखेको जनाएका छन् ।

    Post Views: 49
    प्रकाशित मिति: २०८२ फाल्गुन ७, बिहीबार १३:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
    इरान आक्रमणले अमेरिकी अर्थतन्त्र प्रभावित, ऊर्जा संकट गहिरिंदै
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित डिनर कार्यक्रममा गोली चल्यो
    Advertisement
    ताजा अपडेट
    • १. सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • २. नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा

    • ३. मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, ९४१ संरचना हटाइए

    • ४. व्यवसायी गोल्छालाई २४ घण्टाभित्र सर्वोच्चमा अदालत उपस्थित गराउन आदेश

    • ५. शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.