• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

टी-२० विश्वकप सुपर ८ मा इंग्ल्यान्डको सहज जित, श्रीलंका ९५ रनमा अलआउट

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १०, आईतवार २०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा घरेलु टोली श्रीलंकामाथि इंग्ल्यान्डले सहज जित निकालेको छ।

    आइतबार भएको सुपर ८ को आफ्नो पहिलो खेलमा इग्ल्यान्डले श्रीलंकालाई ५१ रनले हराएको हो।

    जितसँगै सुपर ८ को ग्रुप २ मा रहेको इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लेको छ। पराजित श्रीलंका तालिकाको पुछारमा छ। समान एक अंक भएको न्यु जिल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ।

    यसअघि पाकिस्तान र न्यु जिल्यान्डबीचको सुपर ८ को पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। खेल वास आउट भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए।

    इंग्ल्यान्डले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६।४ ओभरमा ९५ रन बनाउँदा अलआउट हुन पुग्यो। श्रीलंका लागि कप्तान दुसान सानाकाले ३० रनको सर्वाधिक योगदान दिए। कमिन्दु मेन्डिसले १३ र दुनिथ वेलागेले १० रन थपे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

    श्रीलंकालाई कम स्कोरमा रोक्न इंग्ल्यान्डका विल ज्याक्सले सर्वाधिक ३ विकेट लिए। जोफ्रा आर्चर, लियाम डासन, आदिल रसिदले समान २ विकेट लिए। जामी ओभरटर्नले एक विकेट आफ्नो नाममा गरे।

    त्यसअघि श्रीलंकाको पालकेले इन्टरनेशनल क्रिकेट स्टेठियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रनको योगफल तयार पारेको थियो।

    इंग्ल्यान्डका लागि ओपनर फिल साल्टले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले ३६ बलमा ५ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

    विल ज्याक्सले २१, कप्तान ह्यारी ब्रुकले १४ र साम करनले ११ रन थपे। जामी ओभरर्टन १० रनमा अविजित रहे। आजै राति सुपर ८ अन्तर्गत समुह १ मा रहेका भारत र दक्षिण अफ्रिका भिड्नेछन्। सो खेल सवा सात बजे सुरु हुनेछ।

    Post Views: 78
    प्रकाशित मिति: २०८२ फाल्गुन १०, आईतवार २०:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै
    राष्ट्रियसभाको अध्यक्ष इस्तानबुल प्रस्थान
    Advertisement
    ताजा अपडेट
    • १. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

    • २. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • ३. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    • ४. यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    • ५. अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसंघलाई इरानको आग्रह

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.