• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

संसदलाई सम्बोधन गर्दै ट्रम्पले भने – भेनेजुएला नयाँ साथी

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १३, बुधबार ०९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कंग्रेस) मा सम्बोधन गर्दै भेनेजुएलालाई ‘नयाँ साथी र साझेदार’ भनेका छन् ।

    ‘स्टेट अफ द युनियन’मा सम्बोधनका क्रममा ट्रम्पले भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल आयात गरिसकेको जानकारी दिए । यसलाई अमेरिका र भेनेजुएलाबीचको ‘सम्बन्ध सुधार’को संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    अमेरिकाले हालै भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मुदुरोलाई पक्राउ गरेर अमेरिकी जेलमा राखेको छ । हाल भेनेजुएलाका उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गरिरहेका छन् ।

    भेनेजुएलामाथि अमेरिकी आक्रमणलाई तेल र अन्य प्राकृतिक स्रोतमा कब्जा गर्ने उद्देश्यको रुपमा हेरिएको छ ।

    भेनेजुएलाबाट तेल आयातको जानकारी गराउने क्रममा ट्रम्पले ऊर्जा उत्पादनमा प्रगति भएको विवरण पनि सुनाए । ऊर्जा उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र विदेशमा निर्भरता घटाउने उद्देश्यले ‘ड्रिल, बेबी ड्रिल’ नीतिलाई अघि सारेका ट्रम्पले अमेरिकाले दैनिक करिब ६ लाख ब्यारेल तेल उत्पादन बढाउनुका साथै प्राकृतिक ग्यासको उत्पादन पनि सबैभन्दा उच्च स्तरमा पुगेको जानकारी दिए ।

    ‘ड्रिल, बेबी ड्रिल’ नीतिको मुख्य उद्देश्य जमिन वा समुद्रमा नयाँ कुण्ड वा ड्रिलिङ साइट खोली तेल र ग्यास उत्खनन गर्ने हो । यो नीति १९८०–९० को दशकमा अमेरिकी राजनीतिज्ञहरूद्वारा लोकप्रिय बनाइएको थियो । ट्रम्प प्रशासनले यो नीति पुनर्जीवित गरेर अमेरिका भित्र तेल र ग्यास उत्पादनलाई उच्च स्तरमा पुर्‍याएको दावी गरेको छ ।

    ट्रम्पले दोस्रो कार्यकालको दोस्रो ‘स्टेट अफ द युनियन’ भाषणको सुरुवात गर्दै भनेका छन्, ‘हाम्रो देश फर्केर आएको छ– अघिल्ला भन्दा राम्रो, धनी र बलियो ।’ अमेरिकाका राष्ट्रपतिले प्रत्येक वर्ष जनवरी वा फेब्रुअरीमा संसद (कंग्रेस)लाई सम्बोधन गर्छन्, जसलाई ‘स्टेट अफ द युनियन’ भनिन्छ ।

    Post Views: 49
    प्रकाशित मिति: २०८२ फाल्गुन १३, बुधबार ०९:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजीनामापछि गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
    सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम
    पूर्वप्रधानमन्त्री ओली च्यासलको पार्टी कार्यक्रममा अनुपस्थित
    Advertisement
    ताजा अपडेट
    • १. राजीनामापछि गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

    • २. सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम

    • ३. पूर्वप्रधानमन्त्री ओली च्यासलको पार्टी कार्यक्रममा अनुपस्थित

    • ४. ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

    • ५. नेप्से परिसूचक २.९५ अंकले घट्यो

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ४. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ५. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.