• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

१०८ मिनेटको सम्बोधनमा ट्रम्पले गरे जितको दाबी, आप्रवासनविरुद्ध कडा सन्देश

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १३, बुधबार १२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेको दाबी गर्दै आफ्नो प्रशासनको आर्थिक र विदेश नीतिलाई सफल साबित गर्न प्रयास गरेका छन् । घट्दो अनुमोदन दर र आगामी मध्यावधि चुनावको सन्दर्भमा आएको यो भाषण उनको पहिलो कार्यकालकै सबैभन्दा लामो सम्बोधन बनेको छ ।

    काङ्ग्रेसको संयुक्त सत्रअघि बोल्दै राष्ट्रपति ट्रम्पले अर्थतन्त्र अपेक्षाभन्दा बलियो रहेको र मतदाताले रिपब्लिकनलाई समर्थन गरे अझ प्रगति हुने बताए । “हाम्रो देश फेरि जित्दैछ”, उनले भने, “हामी यति धेरै जित्दैछौँ कि कहिलेकाहीँ के गर्ने भन्ने नै थाहा हुँदैन ।”

    भाषणमा उनले सैन्य कारबाही, व्यापार नीति र आप्रवासन नियन्त्रणलाई उपलब्धिका रूपमा प्रस्तुत गरे । आयात शुल्कसम्बन्धी सर्वोच्च अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले वैकल्पिक कानूनी प्रावधान प्रयोग गरेर अगाडि बढ्ने संकेत गरे । “काङ्ग्रेसको कार्य आवश्यक नपर्न सक्छ”, उनले भने । उनले उपभोक्ताले मूल्य चुकाउने आलोचनाबीच पनि शुल्क विदेशी देशले तिर्ने दाबी दोहोर्‍याए ।

    सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबट्र्ससहित केही न्यायाधीश काङ्ग्रेसको संयुक्त सत्रमा भइरहेको स्टेट अफ द युनियन सम्बोधनका क्रममा प्रतिनिधिसभा कक्षमै उपस्थित थिए । भाषण चलिरहेकै बेला शुल्कसम्बन्धी निर्णयको प्रसंग उठ्दा डेमोक्रेट सांसदहरूले स्वागत जनाए पनि अन्य विषयमा तीव्र विरोध देखियो । क्यालिफोर्नियाका मार्क टाकानो र मिशिगनकी रशिदा तलैबले खुला रूपमा आलोचना गरे भने अल ग्रीनलाई सम्बोधन सुरु भएको केहीबेरमै विरोध प्रदर्शनपछि कक्षबाट बाहिर निकालियो ।

    राष्ट्रपतिले आप्रवासनविरुद्ध कडा सन्देश दिँदै ‘अवैध विदेशी होइन, अमेरिकी नागरिकको रक्षा’ गर्नुपर्ने बताए ।उनले मेल–इन मतपत्र सीमित गर्ने र मतदाता परिचय कडा पार्ने प्रस्तावसमेत अघि सारे । तर जीवनयापनको बढ्दो लागत र अर्थतन्त्रको सुस्त वृद्धि जस्ता विषयले अपेक्षाकृत कम समय पाए । उच्च मूल्य र स्वास्थ्य खर्चबारे डेमोक्रेटलाई दोष दिँदै उनले ‘त्यो समस्या तपाईँहरूले सिर्जना गरे’ भने ।

    भाषणका भावनात्मक क्षणहरूमा ओलम्पिक स्वर्ण विजेता अमेरिकी पुरुष हक्की टोलीलाई सम्मान गरिएको थियो । गोलकिपर कनर हेलेब्यूकलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडम दिने घोषणा र नेसनल गार्ड सदस्य एन्ड्र्यु वोल्फलाई पर्पल हार्ट प्रदान गरिँदा दुवै दलका सांसदहरूले उभिएर अभिवादन गरेका थिए । सन् २०२० मा रेडियो होस्ट रस लिम्बगलाई दिइएको सम्मानको स्मरण पनि गराइयो ।

    विदेश नीतिमा राष्ट्रपति ट्रम्पले इरानलाई ‘आणविक हतियार कहिल्यै राख्न नदिने’ चेतावनी दोहोर्‍याए । मध्यपूर्वमा दुई अमेरिकी विमानवाहक पठाइएको पृष्ठभूमिमा उनले कूटनीतिक समाधान प्राथमिकता रहेको तर आवश्यक परे कठोर कदम चाल्ने बताए । उनले तेहरानमाथिको हवाई आक्रमण र भेनेजुएलामा निकोलस मदुरोलाई अपदस्थ गरिएको कारबाहीको प्रशंसा गरे ।

    डेमोक्रेटिक प्रतिक्रिया दिँदै भर्जिनियाकी गभर्नर एबिगेल स्प्यानबर्गरले शुल्क नीति, आप्रवासन कदम र संघीय खर्च कटौतीको आलोचना गरे । “सर्वोच्च अदालतले शुल्क खारेज गरे पनि क्षति भइसकेको छ”, उनले भने ।

    मध्यावधि चुनाव नजिकिँदै गर्दा आएको यो लामो सम्बोधनले राष्ट्रपति ट्रम्पको राजनीतिक सन्देश स्पष्ट बनाएको छ-उहाँ उपलब्धि प्रस्तुत गर्दै मतदातालाई विश्वास दिलाउन चाहनुहुन्छ, तर कङ्ग्रेसभित्रको विभाजन र आर्थिक चिन्ताले त्यसलाई चुनौती दिइरहेको छ ।

    Post Views: 77
    प्रकाशित मिति: २०८२ फाल्गुन १३, बुधबार १२:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.