• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन १७, आईतवार ०७:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको घोषणा गरेका छन्।

    अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणका क्रममा खामेनीको मृत्यु भएको ट्रम्पले दाबी गरेका हुन्।

    आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक सन्देश जारी गर्दै ट्रम्पले खामेनीलाई ‘इतिहासकै क्रूर’ व्यक्तिको संज्ञा दिएका छन्। उनले खामेनी र उनको समूहले विश्वभरका नागरिकमाथि अत्याचार गरेको आरोप लगाउँदै उनको मृत्युलाई ‘न्याय’को संज्ञा दिएका छन्।

    “खामेनीको अन्त्य भएको छ। यो इरानी जनताका लागि मात्र होइन, ती तमाम अमेरिकी र विश्वभरका नागरिकका लागि न्याय हो, जो खामेनी र उनको रक्तपिपासु समूहद्वारा मारिए वा अङ्गभङ्ग पारिए,” ट्रम्पले लेखेका छन्।

    इजरायलसँगको उच्चस्तरको समन्वय र परिष्कृत गुप्तचरी प्रणालीका कारण खामेनी बच्न नसकेको ट्रम्पको भनाइ छ। खामेनीसँगै इरानका अन्य शीर्ष नेता पनि मारिएको उनले दाबी गरेका छन्।

    राष्ट्रपति ट्रम्पले खामेनीको मृत्युलाई इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर भएको उल्लेख गरेका छन्। इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी), सेना र प्रहरी बलले अब लड्न नचाहेको र आफूहरूसँग इम्युनिटी मागिरहेको समेत उनले जिकिर गरेका छन्।

    ट्रम्पले चेतावनीपूर्ण भाषामा भनेका छन्, “मैले हिजो राति नै भनेको थिएँ- उनीहरूले अहिले आत्मसमर्पण गरे माफी पाउनेछन्, ढिलो गरे मृत्यु मात्र हात लाग्नेछ।”

    उनले इरानी सुरक्षा निकायहरूलाई त्यहाँका देशभक्त नागरिकहरूसँग मिलेर देशलाई पुनः गौरवान्वित बनाउन आह्वान गरेका छन्।

    एकै दिनको आक्रमणले इरानको सैन्य संरचना क्षतविक्षत भएको दाबी गर्दै ट्रम्पले सैन्य कारबाही तत्काल नरोकिने स्पष्ट पारेका छन्। मध्यपूर्व र विश्वभर शान्ति स्थापना गर्ने लक्ष्य पूरा नभएसम्म बमबारी जारी रहने उनले बताएका छन्।

    यता इरानले इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ ।

    इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका हुन् । इजरायलका सञ्चारमाध्यमहरूले भने उनको मृत्यु भइसकेको संकेतसहितका खबरहरू प्रकाशन गरेको थियो ।

    तर, सरकारी मिडियासँग कुराकानी गर्दै विदेशमन्त्री अराघचीले भनेका छन्, ‘जहाँसम्म मलाई जानकारी छ, खामेनी जिउँदो छन् ।’ सबै उच्च तहका अधिकारीहरू सुरक्षित रहेको समेत उनको भनाइ छ ।

    Post Views: 79
    प्रकाशित मिति: २०८२ फाल्गुन १७, आईतवार ०७:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • २. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • ३. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ४. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ५. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.