• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

महावीर पुनलाई पोखराका मेयरको चेतावनी– ‘बिना अनुमति सडकमा किताब बेच्दा कानुनी जटिलता हुन सक्छ ।’

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन २७, बुधबार ११:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निर्वाचन जितेपश्चात पोखरामा आफ्नो किताब बेच्न आईपुगेका महावीर पुनलाई कानुनी जटिलता उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर आचार्यले बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु गैर कानुनी भएको स्मरण गराएका हुन् ।

    उनले लेखेका छन्– ‘बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्छ भन्ने कुरा तपाईंलाई अवगत नै छ ।’पछिल्ला केही दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा केही अनावश्यक सवाल–जवाफ भएको देखिएको उल्लेख गर्दै मेयर आचार्यले पुन जस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था नभएको पनि जिकिर गरेका छन् ।
    फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गरेको उल्लेख गर्दै आचार्यले त्यही नियम पुनमाथि पनि लागू हुने संकेत गरेका छने । जसकास कारण अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त नहुने उनको भनाई छ ।

    माननीयको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो भन्दै आचार्यले पुस्तक ब्यबसायिको भूमिका पुस्तक बिक्री–वितरण गर्ने पनि प्रस्ट पारेका छन् । पुनको पुस्तकको स्टक उपलब्ध गराए पुस्तक व्यवसायी महासंघमार्फत विक्रि गरी उचित भुक्तानी उपलब्ध गराउने पनि मेयर आचार्यले जनाएका छन् ।

    उनले लेखेका छन्–‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने, हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौँ । ’

    पुन हालसालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा म्याग्दीबाट निर्वाचित सांसद हुन् । निर्वाचनको परिणाम आएलगत्तै उनी आफ्नो किताब बेच्न पोखराका चोकहरुमा देखिएका थिए । सो क्रममा स्थानीयसँगको नोकझोंक सहितको भिडियो सार्वजनिक भएको थियो । पोखरामा उनले त्यो दिन ८ सय थान किताब बेचेको पनि सार्वजनिक गरेका थिए ।

     

    Post Views: 84
    प्रकाशित मिति: २०८२ फाल्गुन २७, बुधबार ११:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.