• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दुई घण्टापछि यूएईको आकाश मार्ग पुनः सञ्चालन

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ३, मंगलवार ०९:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस) मंगलबार पुन: खुला गरेको छ । अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरूप यूएईले अस्थायी रूपमा एयरस्पेस बन्द गरेको थियो ।

    यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र १ हजार ६ सयभन्दा बढी ड्रोन रोकेर नष्ट गरेको छ ।

    नागरिक उड्डयन प्राधिकरणले सञ्चालन तथा सुरक्षा अवस्थाको व्यापक मूल्यांकनपछि सम्बन्धित निकायहरूसँग समन्वय गरेर एयरस्पेस पुन: खोल्ने निर्णय गरिएको जनाएको बीबीसीले जनाएको छ । साथै, उड्डयन सुरक्षाको उच्चतम स्तर कायम राख्न वास्तविक समयमै अवस्थाको निरन्तर निगरानी भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार करिब दुई घण्टा गरिएको पूर्ण बन्द ‘तीव्र रूपमा परिवर्तन भइरहेको क्षेत्रीय सुरक्षा अवस्थाबीच उडान, उडानकर्मी र यूएईको भूभागको सुरक्षा सुनिश्चित गर्न गरिएको असाधारण सावधानी’ थियो ।

    यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि उडान सेवा प्रभावित भएको थियो। इन्धन भण्डारण केन्द्रमा लागेको आगलागीपछि सोमबारबाट सीमित उडान तालिका पुन: सञ्चालन गरिएको थियो । उक्त घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । यो विमानस्थलमा भएको चौथो ड्रोनसम्बन्धी घटना हो ।

    मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा तनावका कारण विभिन्न अन्तर्राष्ट्रिय उडानहरू रद्द वा मार्ग परिवर्तन भइरहेका छन् ।

    Post Views: 101
    प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलवार ०९:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • २. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • ३. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ४. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ५. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.