• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ३, मंगलवार १९:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अलि लारीजानीको मृत्यु भएको दाबी गरेका छन्। एक विज्ञप्ति जारी गर्दै काट्जले आफूलाई भर्खरै इरानका उच्च सुरक्षा अधिकारीको मृत्युको जानकारी प्राप्त भएको बताएका हुन्।

    यता, इरानी सञ्चारमाध्यम ‘तस्निम’ र ‘मेहर’ समाचार एजेन्सीले भने अलि लारीजानीले छिट्टै एउटा सन्देश जारी गर्ने दाबी गरेका छन्।

    अलि लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव हुन्। उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसुद पेजेस्कियानले परिषद्को सचिव र इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको प्रतिनिधिको रूपमा नियुक्त गरेका थिए। अलजजिराले विगत केही घण्टायता हामीले तेहरानका विभिन्न भागहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएको जनाएको छ ।

    यी आक्रमणहरू राजधानीमा मात्र सीमित नभई देशका अन्य सहरहरू अह्वाज, इस्फाहान र सिराज़मा पनि भएका छन्। अलजजिराले राजधानीभरिका महत्त्वपूर्ण भवनहरू र दुई प्रमुख व्यक्तिहरू आईआरजीसीको बासिज बलका कमाण्डर घोलमरेजा सोलेमानी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि लारीजानीमाथि आक्रमण भएको सूचना आएको जनाएको छ ।

    इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अलि लारीजानीलाई निशाना बनाएको एक इजरायली सैन्य अधिकारीले बताएका छन्। उनी मारिएका हुन् वा घाइते भएका छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। यसअघि सोमबार अबेर साँझ अलि लारीजानीले एउटा पत्र जारी गर्दै इस्लामिक देशका सरकारहरूको आलोचना गरेका थिए।

    Post Views: 88
    प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलवार १९:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • २. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ३. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ४. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ५. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.