• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दीर्घकालीन परियोजनामा लगानी बढाउन लगानी कोषलाई अर्थमन्त्रीको निर्देशन

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ४, बुधबार २०:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ— दीर्घकालीन परियोजनामा लगानी विस्तार गर्न अर्थमन्त्री रामेश्वर खनालले नागरिक लगानी कोषलाई निर्देशन दिएका छन्।

    कोषको ३६औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले दीर्घकालीन महत्त्वका परियोजनामा लगानी गर्दा देशलाई दीगो लाभ पुग्ने भएकाले यस्तो क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए। सरकारले अघि सार्ने ठूला परियोजनामा पनि कोषले सक्रिय रूपमा लगानी गर्नुपर्ने उनको भनाइ थियो।

    अर्थमन्त्री खनालले बुढी गण्डकी जलविद्युत् आयोजना अघि बढाउने निर्णय भइसकेको उल्लेख गर्दै उक्त परियोजनामा लगानी कोषसहित अन्य वित्तीय संस्थाहरूले पनि सहभागिता जनाउनुपर्ने बताए।

    उनले कर प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै दोहोरो कर हटाउनुपर्नेमा जोड दिए। आफ्नो कार्यकालमा समस्या समाधान हुन नसके पनि आगामी सरकारले यसतर्फ ध्यान दिने विश्वास उनले व्यक्त गरे।

    १५ देखि २० वर्षे अवधिका ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले यस्ता उपकरणले बजारमा रहेको अधिक तरलता व्यवस्थापनमा सहयोग पुर्‍याउने बताए। साथै सार्वजनिक–निजी साझेदारीमार्फत नयाँ परियोजना अघि बढाउने र कृषि क्षेत्रमा भूमिको हदबन्दी हटाउनेतर्फ पनि ध्यान दिनुपर्ने उनको धारणा थियो।

    कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले स्थापना कालदेखि नै कोष नाफामा सञ्चालन हुँदै आएको, विभिन्न योजना विस्तार गर्दै सहभागी संख्या बढाउन सफल भएको बताए। उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारजस्ता उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए।

    कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले हाल सात वटा योजना सञ्चालनमा रहेको जानकारी दिँदै उपलब्ध कोषलाई पूर्वाधार क्षेत्रमा परिचालन गर्न र भेन्चर क्यापिटलमार्फत लगानी विस्तार गर्न पहल भइरहेको बताए। उनले संस्थाले यान्त्रिकीकरण र अटोमेसनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।

    ब्याजदर घट्दा कोषको आम्दानी प्रभावित भएको उनले बताए। साथै नागरिक पेन्सन योजनामार्फत सामाजिक भत्ता वितरण गर्न सकिने सम्भावना औँल्याउँदै त्यसका लागि कर संरचनामा समायोजन आवश्यक रहेको बताए।

    नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले लगानी कोषले नयाँ वित्तीय उपकरण र परियोजनामा लगानी विस्तार गर्नुपर्ने सुझाव दिए। उनले बैंकहरूले प्रवाह गरेको कर्जा असुलीमा समेत चुनौती देखिएको धारणा राखे।

    Post Views: 139
    प्रकाशित मिति: २०८२ चैत्र ४, बुधबार २०:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.