• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ५, बिहीबार १२:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिरहा । लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह वनस्टे’ सञ्चालनमा आएको छ । ‘होमस्टे’ जस्तै अवधारणामा आधारित वनस्टेले पर्यटकलाई प्राकृतिक वातावरणसँगै स्थानीय कला, संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको हो ।

    यसअघि कोइरालो खोला नमुना वन उपभोक्ता समूहले सामुदायिक वनभित्र रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आएको छ । सोही क्षेत्रभित्र पर्नेगरी ‘वनस्टे’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो । वनस्टे निर्माणका लागि जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघनेपाल (फेकोफन) र राष्ट्रिय कृषक समूह महासंघको साझेदारीमा सञ्चालित संरक्षण परियोजनाले सहकार्य गरेको हो ।

    “वन र सिमसार क्षेत्रको संरक्षण गर्दै पर्यटनमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले वनस्टे सञ्चालनमा ल्याएका हौँ”, उपभोक्ता समूहका अध्यक्ष रुद्रनारायण चौधरीले भने । उनका अनुसार पहिलो चरणमा दुई कोठाको पाहुना घरबाट सेवा सुरु गरिएको वनस्टे परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, चिडियाखानालगायत सेल्फीस्थलसहित आकर्षकस्थल तयार गरिएको छ ।

    वनस्टे निर्माणपछि यस क्षेत्रको शान्त र रमणीय प्राकृतिक वातावरणमा बस्न चाहने पर्यटकले यहाँ बसोबास गर्दै विशेष आनन्दको अनुभूति गर्ने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे । हरियाली वन, सिमसार क्षेत्र र स्वच्छ वातावरणले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको उनले बताए।

    वनस्टे निर्माणमा परियोजनाबाट रु आठ लाख छ हजार ८८ र उपभोक्ता समूहबाट रु तीन लाख ६७ हजार २९५ खर्च भएको जनाइएको छ । वनस्टे उद्घाटन गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाबाट थप रु २० लाख बजेट विनियोजन गरी थप दुई वटा दुई कोठे भवन निर्माण गरिने जानकारी दिए। “यसले पर्यटन विकाससँगै स्थानीयमा आर्थिक गतिविधि बढाउन मद्दत गर्नेछ”, उनले भने।

    वनस्टेमा आउने पाहुनालाई थारू समुदायको संस्कृति प्रदर्शन गर्ने तथा परम्परागत खानाका परिकारहरू उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष तेजनारायण चौधरीले बताए। उनले भने, “हामीले पाहुनालाई स्थानीय संस्कृति र स्वादसँग जोड्ने प्रयास गरिरहेका छौँ ।”

    हाल वनस्टेमा प्रतिव्यक्ति रु आठ सयमा खान र बस्न सुविधा उपलब्ध छ । दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उपभोक्ता समूहले जनाएको छ ।

    चार वर्षअघिबाट यहाँको सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास भएपछि स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्न थालेको छ । हाल १४ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका कोइरालो खोला नमूना वन उपभोक्ता समितिका अध्यक्ष चौधरीले जानकारी दिए।

    लहान बजारबाट करिब पाँच किलोमिटर उत्तरको चुरेफेदमा अवस्थित हात्तीदह क्षेत्र प्राकृतिक सौन्दर्य, सामुदायिक वन व्यवस्थापन र सांस्कृतिक अनुभवका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

    Post Views: 122
    प्रकाशित मिति: २०८२ चैत्र ५, बिहीबार १२:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.