• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २५, बुधबार १०:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयमा देखिएका व्यवस्थापकीय कमजोरी र शैक्षिक बेथिति सुधार गर्न व्यापक अभियान सुरु गरेको छ ।

    नगरपालिकाले सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक समयमै उपलब्ध गराउने, चालु सत्रभित्र छात्रवृत्ति वितरण गर्ने र विद्यालय उमेर समूहका सबै बालबालिकालाई भर्ना गराउने ‘घरदैलो अभियान’ सञ्चालन निर्देशन दिएको छ । शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार विनियोजित छात्रवृत्ति रकम निकासा भइसकेको हुँदा सोही सत्रभित्र वितरण गरी भर्पाइ बुझाउनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ ।

    विद्यालयले विद्यार्थीलाई ग्रेडसिट र स्थानान्तरण प्रमाणपत्र नदिने, इमिस प्रणालीमा ट्रान्सफर नगर्नेजस्ता गतिविधि नगर्न सचेत गराइएको छ ।

    शाखा प्रमुख भट्टका अनुसार संस्थागत विद्यालयतर्फ शुल्क विवरण, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन र विद्यालय सवारीसाधन व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेका छौँ । पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको शुल्क विवरण पेस नगर्ने विद्यालयलाई अन्तिम समयसीमा तोकिएको छ । निर्धारित समयभित्र पेस नगरे नियमअनुसार कारबाही हुनेछ ।

    उनका अनुसार शैक्षिकसत्र सुरु हुनुअगावै नयाँ विद्यार्थी भर्ना र प्रचारप्रसार रोक्न, विद्यार्थीबाट मनपरी शुल्क नलिन र विद्यालय व्यवस्थापन पारदर्शी बनाउन संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ । धेरै विद्यालयमा खानेपानी, कक्षाकोठा, फर्निचर, शौचालय, खेलमैदान र घेराबारको अवस्था अनुगमनका क्रममा कमजोर देखिएको छ ।

    भट्टले भने, “शैक्षिकसत्र सुरु हुनुअगावै यी पूर्वाधार सुधार्न संस्थागत विद्यालयलाई भनेका छौँ, निम्न माध्यमिक र माध्यमिक तहका विषयगत शिक्षक व्यवस्थापन र कर्मचारी सेवा सुविधा कानुनअनुसार सुनिश्चित गर्न निर्देशन दिइएको छ ।”

    “विद्यार्थी बोक्ने सवारीसाधन पुराना र सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको गुनासो आएपछि सवारी मर्मत, नयाँ साधन व्यवस्थापन र सीट क्षमताअनुसार मात्र विद्यार्थी बोक्नेका लागि निर्देशन पत्र नै पठाएर भनेका छौँ”, शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले भने । अनुमति नलिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयप्रति कडा कानुनी कारबाही हुने उनले बताए ।

    वडा नं १० स्थित श्रीकृष्ण माध्यमिक विद्यालय झलारीमा आगामी शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा विज्ञान संकाय सञ्चालन हुने भएपछि स्थानीय विद्यार्थीले घरमै उच्च शिक्षाको अवसर पाउने भएका छन् । नगरपालिकाले विद्यार्थी व्यवस्थापन र समन्वयमा विद्यालयहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

    नगरपालिकाले यस अभियानमार्फत विद्यालय व्यवस्थापनलाई जिम्मेवार, पारदर्शी र व्यवस्थित बनाउन अनुगमनलाई कडाइका साथ अघि बढाउने जनाएको छ । शैक्षिक सुधारको यो प्रयास नगरपालिकाका नीति, नियम र समुदायको सहभागितालाई सँगसँगै अघि बढाउने महत्त्वपूर्ण कदम मानिएको छ । नगरपालिकामा सामुदायिक २८ र संस्थागत २५ गरी ५३ विद्यालय सञ्चालनमा छन् ।

    Post Views: 74
    प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार १०:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.