• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

काँग्रेस संसदीय दलको नेता चयन वैशाख ४ मा, २ गते कार्यतालिका सार्वजनिक हुने

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २९, आईतवार १६:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता चयन प्रक्रिया वैशाख ४ गतेका लागि तय गरेको छ। निर्वाचन समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ।

    पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताएका छन्। उनले भनेका छन्, ‘नेपाली काँग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने । वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्छ । पार्टी नेतृत्वले सहमतिको प्रयास जारी राख्छ । सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा जानु पर्छ नै । एकल उम्मेदवारी पर्‍यो भने सर्वसम्मत नेता चयन हुन्छ । नभए लोकतान्त्रिक विधि पद्धतिबाट निर्वाचन गराएर प्रतिपक्षी दलको नेता चयन हुन्छ ।’

    दलको नेता चयन प्रक्रियासँगै पार्टीभित्र सहमति र प्रतिस्पर्धा दुवै सम्भावनालाई खुला राखिएको जनाइएको छ। सहमति कायम भए सर्वसम्मत रूपमा चयन हुने र बहुविध उम्मेदवारी परे निर्वाचनमार्फत चयन हुने व्यवस्था गरिएको छ।

    संसदीय दलको नेता चयनका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगायत सांसदहरूले आकांक्षा देखाएका छन्। उक्त प्रक्रिया सम्पन्न भएपछि प्रतिनिधिसभामा प्रतिपक्षी दलको नेतृत्वसम्बन्धी संरचना टुंगो लाग्ने अपेक्षा गरिएको छ।

    Post Views: 15
    प्रकाशित मिति: २०८२ चैत्र २९, आईतवार १६:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    लेखा समिति सभापतिमा भरत खड्का उम्मेदवार बनाउने काँग्रेसको निर्णय
    स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)
    Advertisement
    ताजा अपडेट
    • १. कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

    • २. लेखा समिति सभापतिमा भरत खड्का उम्मेदवार बनाउने काँग्रेसको निर्णय

    • ३. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    • ५. रास्वपाद्वारा ११ संसदीय समिति सभापतिका उम्मेदवारको सूची सार्वजनिक

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    • ५. अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.