• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २, बुधबार १३:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाका विभिन्न समितिहरूको सभापति चयनका लागि शुक्रबार (भोलि) निर्वाचन हुने भएको छ।

    प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुख डिपी अर्यालले निर्वाचनको मिति तय गरेको संसद् सचिवालयले जनाएको छ।

    सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार बिहीबार दिउँसो एक बजेदेखि चार बजेसम्म सिंहदरबारस्थित प्रतिनिधि सभा सचिवको कार्यकक्षमा उम्मेदवारी दर्ताको समय तोकिएको छ।

    सभापति पदका लागि सम्बन्धित समितिको कुनै एक सदस्य प्रस्तावक र अर्को एक सदस्य समर्थक हुनुपर्ने व्यवस्था छ। उम्मेदवारी दर्ताका लागि उम्मेदवारको एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको छ।

    प्रतिनिधि सभाका सचिव हर्कराज राईले जारी गरेको निर्वाचन कार्य तालिका अनुसार सोही दिन बेलुका ४:३० बजे दर्ता भएका प्रस्तावहरूको सूची सचिवालयको सूचना पाटीमा प्रकाशन गरिनेछ।

    शुक्रबार दिउँसो एक बजे सम्बन्धित समितिको बैठक कक्षमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने कार्यक्रम छ। त्यसपछि ती प्रस्तावहरूलाई नियमावली बमोजिम निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

    एकभन्दा बढी समितिमा पदेन सदस्य रहने मन्त्रीले निर्वाचनमा मतदान गर्ने भएमा आफूले मतदान गर्ने समितिको जानकारी २४ घण्टा अगावै लिखित रूपमा दिनुपर्ने व्यवस्था गरिएको छ।

    Post Views: 124
    प्रकाशित मिति: २०८३ बैशाख २, बुधबार १३:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या
    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
    ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
    Advertisement
    ताजा अपडेट
    • १. धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

    • २. मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    • ३. ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद

    • ४. पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा, विमानस्थलमा समर्थकहरूको स्वागत

    • ५. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

    चर्चित
    • १. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • २. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.