• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ६, आईतवार १७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन– पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कामा काम हुन नसक्ने अवस्थामा पुगेको हो ।

    कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले ठेक्का सम्झौता भई २१७ वटा सञ्चालन भइरहेका छन् । तीमध्ये १२५ वटा आयोजनाको काम रोकिने अवस्थामा आएका उनले बताए

    यसरी ठेक्का सम्झौता गर्ने समयमा भन्दा अहिले इन्धनको मूल्यमा भएको वृद्धि र अलकत्रा (विटुमिन) को समस्याका कारण पूर्वाधार विकासका काम रोकिने अवस्थामा पुगेका उनको भनाइ छ ।

    प्रमुख चौधरीले भने, ‘निर्माण व्यवसायीहरूले ‘निर्माण होलिडे’ (तत्कालका लागि रोक्न मिल्ने प्रकृतिका आयोजनालाई रोक्ने प्रक्रिया) को माग गर्दै कार्यालयमा पत्र बुझाएका छन् ।’

    इन्धनको मूल्य बढेपछि सबै क्षेत्रमा मूल्य वृद्धि हुँदा पूर्वाधार निर्माण प्रभावित बन्दै आएका उनको भनाइ छ ।

    यस कार्यालयबाट ५० वटा आयोजना उपभोक्ता समितिबाट गर्नुपर्ने भए पनि ती आयोजनाको काम पनि हुन सकेको छैन । कार्यालयले अहिले १९ वटा पुल निर्माण गरिरहेको छ भने अन्य आयोजनाअन्तर्गत सडक निर्माण भइरहेका उनले बताए।

    कार्यालय प्रमुख चौधरीले भने, ‘यस्तै अवस्था रहे यस कार्यालयबाट सुरु गरिएका आयोजनामध्ये ५० देखि ६० प्रतिशत काम सम्पन्न हुने अवस्था छैन ।’ ६७ करोड बजेटबाट विकास निर्माण गर्दै आएको कार्यालयले सरकारको निर्णयअनुसार अघि बढ्ने निर्माण व्यावसायीलाई बताएको छ ।

    निर्माण व्यवसायी सङ्घ चितवनका महासचिव पुष्कर अधिकारीले अहिलेको अवस्थामा निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नभएको बताए। उनले यही अवस्थामा महँगी बढ्दै जाँदा काम गर्न नसकिने भएकाले निर्माण होलिडेका रूपमा सरकारले अघि बढाउन आवश्यक रहेको धारणा राखे।

    महँगीमा भएको वृद्धिका कारण बजेटमा समायोजन वा होलिडेका रूपमा राज्यले निर्माण व्यवसायीलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

     

    Post Views: 87
    प्रकाशित मिति: २०८३ बैशाख ६, आईतवार १७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
    सात बुँदे घोषणापत्र जारी गर्दै रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न
    राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
    Advertisement
    ताजा अपडेट
    • १. कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै

    • २. सात बुँदे घोषणापत्र जारी गर्दै रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न

    • ३. राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

    • ४. हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग

    • ५. रेल्वे सेवा ७९ करोड ऋणमा

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ५. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.