• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ६, आईतवार २१:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुस्ताङ – छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले मुस्ताङको कागबेनी-छुसाङ खण्डको तीव्रगतिमा कालोपत्र तथा स्तरोन्नति गरिरहेको छ । हिउँदयामको अत्यधिक चिसो, हिमपात र गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण रोकिएको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

    नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको बेनी(जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजना कार्यालयले मुस्ताङको थासाङ–४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ ।

    नेपाल–चीन उत्तरी कोरला नाकासम्मको सडकलाई आवश्यक स्तरोन्नतिसहित कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ । सोही लक्ष्यलाई अघि बढाउनका लागि गत वर्ष सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो ।

    मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तार गर्न आयोजनाले गत वर्षको २६ असारमा टक्सार इफ्फाटा र बुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ । उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गर्ने गरी दुई वर्षको सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको छ ।

    ठेक्का सम्झौताअनुसार कागबेनी(छुसाङ सडक विसं २०८४ असार २४ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने समय तोकिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । गत असारको अन्तिममा ठेक्का सम्झौता भएको उक्त सडकको स्तरोन्नति कार्य चालु आवको साउनदेखि सुरु गरिए पनि प्रतिकूल मौसम र निर्वाचनका कारण पाँच महिना रोकिएको उनले बताए।

    आयोजना प्रमुख शर्माले हिउँदयाम सकिएर गर्मीयाम सुरु भएसँगै निर्माण कम्पनी सडक निर्माणको कार्यस्थलमा फर्किएको बताए । उनका अनुसार निर्माणाधीन कागबेनी–छुसाङ खण्डको हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । करिब ११ मिटर चौडा सडक रहने गरी आठ मिटर चौडा कालोपत्र सडक निर्माण गरिने उनले जानकारी दिए ।

    कोरला नाका जोड्ने कागबेनी–छुसाङ सडकखण्डको बारागुङ मुक्तिक्षेत्र–३ ताङ्वे क्षेत्रमा कालोपत्र सडक स्टक्चरको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि सागर श्रेष्ठले जानकारी दिए । सडक स्तरोन्नतिका लागि उक्त खण्डमा पाँच हजार घनमिटर ग्याबिनवाल र दुई हजार घनमिटर रिटेर्निङ वाल लगाउने कार्य सकिएको उनले बताए । सडकको ग्रेड मिलाउने, आवश्यक स्थानमा ड्रेन निर्माण, ग्याबिनवाल र रेटेर्निङ वाललगायत काम भइरहेको छ ।

    इन्धनको मूल्य घटेर आपूर्तिमा सहज भएमा पाँच महिनाभित्र कागबेनी–तोङ्वेसम्मको सडकमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले जानकारी दिए । उनका अनुसार कागबेनी(छुसाङ सडकको कामलाई तोकिएको समयमा सम्पन्न गर्न दैनिक ८० जनाभन्दा बढी जनशक्ति परिचालन भइसकेको छ ।

    ‘सडकको स्टक्चर निर्माण तथा कालोपत्र गर्न आवश्यक उपकरण र क्रसरको व्यवस्था गरिसकेका छौँ, जतिसक्दो छिटो निर्माणलाई तीव्रता दिइनेछ’, प्रतिनिधि श्रेष्ठले भने, ‘हिउँदयाममा चिसोका कारण काम गर्न सकिँदैन, यहाँ काम गर्ने भनेको सात महिना मात्रै हो ।’

    यहाँको बारागुङ मुक्तिक्षेत्र(३ स्थित कागबेनी–छुसाङ सडकखण्डमा गत असार र साउन महिनाको बाढीपहिरोले आशिंक क्षति पुर्‍याएको थियो । बाढीपहिरोले उक्त सडकको केही स्थान भाँसिएकोे छ भने केही स्थानमा सडकको बेसमा क्षति पुगेको छ ।

    नेपाल–चीन बहुचर्चित उत्तरी कोरला नाकासम्मको सडकलाई थप स्तरोन्नतिसहित कालोपत्र गर्ने लक्ष्यसहित छुसाङ’घमी र घमी–कोरला खण्डलाई दुई चरणमा गरी प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत अर्थ मन्त्रालयले कोरला नाकासम्मको सडकमा कालोपत्रका लागि बजेट विनियोजन हुन सकेमा उपल्लो मुस्ताङको सडकमार्ग निकै सहज हुने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे । आयोजनाले छुसाङ(कोरला सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न करिब रु पाँच अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरेको छ ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ बैशाख ६, आईतवार २१:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सात बुँदे घोषणापत्र जारी गर्दै रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न
    राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
    हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग
    Advertisement
    ताजा अपडेट
    • १. कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै

    • २. सात बुँदे घोषणापत्र जारी गर्दै रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न

    • ३. राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

    • ४. हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग

    • ५. रेल्वे सेवा ७९ करोड ऋणमा

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ५. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.