• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सेयर लगानी विवादमा गृहमन्त्री गुरुङ: “निर्णय प्रमाणका आधारमा हुनुपर्छ”

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ७, सोमबार १४:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । विवादित व्यापारी दिपक भट्टसँग नाम जोडिएको विषयमा गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा विभिन्न माध्यममा आफ्नो नाम जोडेर चर्चा भइरहेको सन्दर्भमा उनले विषयलाई “सरल र तथ्यमा आधारित रूपमा बुझ्नुपर्ने” बताएका छन्। गुरुङले आरोपहरूलाई हल्लामूलक रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै वास्तविकता प्रमाणबाट पुष्टि हुने विषय भएको बताएका हुन्।

    गृहमन्त्री गुरुङले “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरेको दाबी गरेका छन्। उनका अनुसार विभिन्न कम्पनीहरूमा गरिएको लगानी एउटै वर्गभित्र समेटिएकाले यसलाई लुकाइएको भन्नु गलत व्याख्या भएको बताएका छन्। “लुकाउने व्यक्तिले खुला रूपमा करोडौंको सम्पत्ति विवरण सार्वजनिक गर्दैन,” उनले उल्लेख गरेका छन्।

    उनले आफूले गरेको सम्पूर्ण लगानी बैंकिङ च्यानलमार्फत भएको र यसको स्रोत कर्जा (ऋण) रहेको स्पष्ट पारेका छन्। उनका अनुसार २०८० साल भदौ २९ गते गरिएको लिखित तमसुकअनुसार लिइएको ऋण बैंकमार्फत प्राप्त भएको र सोही रकम लगानीमा प्रयोग गरिएको हो। गुरुङले पैसा कहाँबाट आएको भन्ने विषय अनुमानको नभई बैंक र कागजी प्रमाणबाट पुष्टि हुने विषय भएको बताएका छन्।

    विवादित व्यक्तिसँग साझेदारी रहेको आरोपबारे गृहमन्त्री गुरुङले एउटै कम्पनीमा सयौं वा हजारौं सेयरधनी हुने भएकाले सेयर खरिद गर्नु सबैसँग साझेदारी गर्नु नभएको तर्क गरेका छन्। उनले एउटै कम्पनीमा बैंक, मिडिया हाउसलगायत विभिन्न निकायहरूको समेत लगानी रहने उल्लेख गर्दै त्यस्ता सबैलाई एउटै आधारमा दोषी ठहर गर्नु न्यायोचित नहुने बताएका छन्।

    ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ सम्बन्धी आरोपबारे स्पष्ट पार्दै उनले यस विषयको छानबिन गर्ने निकाय सम्पत्ति शुद्धिकरण विभाग भएको उल्लेख गरेका छन्, जुन अर्थ मन्त्रालय अन्तर्गत पर्दछ। उक्त निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको र आफूले कुनै हस्तक्षेप नगरेको दाबी गर्दै उनले यदि हस्तक्षेप भएको भए छानबिन प्रक्रिया नै अघि नबढ्ने बताएका छन्।

    गुरुङले लगानी गर्दा सबै पृष्ठभूमि र भविष्यका घटनाक्रम पहिल्यै थाहा नहुने र व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गरेका छन्। उनका अनुसार पछि विकसित भएका घटनालाई आधार बनाएर अघिल्लो निर्णयलाई दोष दिनु तथ्यभन्दा बढी व्याख्यात्मक दृष्टिकोण भएको बताएका छन्।

    संवेदनशील विषयमा तत्काल प्रतिक्रिया नदिनु उपयुक्त हुने उल्लेख गर्दै उनले हल्ला छिटो फैलिने तर सत्य प्रमाणसहित मात्र स्थापित हुने बताएका छन्। साथै, “पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै व्यक्तिगत लगानीलाई बिचौलियापनसँग जोड्नु गलत भएको बताएका छन्।

    स्टाटसको अन्त्यमा गृहमन्त्री गुरुङले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै निर्णय भावनामा नभई प्रमाणका आधारमा हुनुपर्ने बताएका छन्। उनले पार्टीले गर्ने हरेक निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको समेत जनाएका छन्।

    Post Views: 77
    प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार १४:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित
    इराकी लडाकु समूहका नेतामाथि एक करोड डलर इनाम
    सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट
    Advertisement
    ताजा अपडेट
    • १. काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित

    • २. इराकी लडाकु समूहका नेतामाथि एक करोड डलर इनाम

    • ३. सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

    • ४. कर्मचारीको वैदेशिक भ्रमण रोक्न सरकारको निर्देशन

    • ५. काठमाडौं प्रशासनको अन्तिम सूचना : बस्ती खाली नभए भत्काइन्छ, सम्पत्तिको जिम्मा आफैं लिनू

    चर्चित
    • १. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • २. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ३. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    • ४. सर्वोच्चको निर्णय स्वीकार्दै काँग्रेस सुदृढीकरणमा केन्द्रित हुन शेखर समूहको निष्कर्ष

    • ५. पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.