ह्वाईट हाउस संवाददाताहरुका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित एक डिनर कार्यक्रममा गोली चलेको छ । वाशिंगटन डीसीमा वार्षिक मिडिया कार्यक्रम सुरु हुनुभन्दा अघि अमेरिकी राष्ट्रपति र प्रथम महिला बसिरहेको बलरूम बाहिर गोली चलेको हो ।
गोली चलेको आवाज सुनिएपछि उहाँलाई वाशिंगटन हिल्टन होटलबाट सुरक्षित रुपमा बाहिर निकालिएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा घटनाबारे उल्लेख गर्दै अमेरिकी सेक्रेट सर्भिस र स्थानीय सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ । ट्रम्पले गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको बताउनुभएको छ ।
घटनास्थलको फुटेजमा ट्रम्प र सहभागीहरू गोली चलेको आवाज पछि आफ्नो टेबल पछाडि लुकेको देखाइएको छ । बलरूम बाहिर पाँचवटा बन्दुकको गोली लागेको आवाज सुनेको सहभागि संवाददाताहरुले उल्लेख गरेका छन् ।






