• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अस्पतालहरूको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १४, सोमबार ०९:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं सञ्चालकसंगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिएका छन् ।

    स्वास्थ्य संस्थामा आएका बिरामीहरूलाई चिकित्सकहरूले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उनले निर्देशन दिए । चिकित्सकहरूको व्यवहार राम्रो नभएको, डायलासिस लगायतका सेवा दर्ता नगरी दिएको, एम्बुलेन्सहरूले बिरामी ल्याएबापत कमिसन दिने गरेको, अस्पतालजन्य फोहोर व्यवस्थित नगरिएको उनको भनाइ थियो ।

    उनले भने, “बिरामीको मृत्यु हुँदा आँसु झार्नु भनेको होइन, तर चिकित्सक संवेदनशील हुनै पर्छ ।” अस्पतालहरूले बीमा र नगदका बिरामीलाई फरक व्यवहार गरेको, अनावश्यक परीक्षणहरू गर्ने गरेको, विपन्नको उपचार प्रबन्ध राम्रो नभएको, ज्येष्ठ नागरिकले छुट नपाएको उनले बताए । कर्मचारीले तोके अनुसारको सुविधा नपाएको, सरकारी अस्पतालको टोकन प्रणाली राम्रो नभएको, बहिरंग सेवामा जनशक्तिको व्यवस्थापन राम्रो नभएको, आन्तरिक र बाह्य ‘रिफरल’को राम्रो व्यवस्थापन भएको उनले बताए ।

    अस्पतालहरूको सेवाको गुणस्तर राम्रो नभएको भन्दै उनले भने, “गुणस्तरका व्यवहार र शैली परिवर्तन गर्नुपर्छ ।” जिल्ला प्रशासन कार्यालय चितवन र जनस्वास्थ्य कार्यालयले यहाँ आयोजना गरेको ‘जिल्लामा नागरिक स्वास्थ्य सेवा विषयक परामर्श’ उनले अस्पतालका व्यवस्थापक र सञ्चालकहरूको कुरा सुनेपछि निर्देशन दिएका हुन् ।

    कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालका समस्याहरू, कमजोरीहरू र अब सुधार्नुपर्ने विषयमा प्रस्तुति दिएका थिए । पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवामा व्यापक सुधार गरिएको भन्दै उनले विगतमा बिरामीले चिकित्सक खोज्नुपर्ने अवस्था रहेकामा अहिले चिकित्सकले अस्पतालमा बिरामी खोज्ने गरेको बताए ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा धेरै सुधार भएको भन्दै तथ्यांकले त्यो कुरा पुष्टि गर्ने बताए । उनले अझै धेरै सुधार गर्नुपर्ने भन्दै सरकारले दिनुपर्ने विपन्न र बीमाको भुक्तानी समयमा दिएमा अस्पताल सुधार गर्न सहज हुने बताए ।

    जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले ऐनका बारेमा जानकारी गराउँदै तत्अनुसार काम हुन नसकेको बताए ।

    निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीले निजी क्षेत्रले स्वास्थ्य ठूलो लगानी गरेको भए पनि राज्यका तर्फबाट सम्बोधन गर्नुपर्नेमा ध्यान नदिइएको बताए ।

    कार्यक्रममा निजी अस्पताल र क्लिनिकहरुका सञ्चालकहरूले आफ्ना गुनासाहरू राखेका थिए । यस्तै यातायात व्यवसायीहरूले स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नुपर्ने सुझाव दिएका थिए ।

    Post Views: 93
    प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार ०९:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.