• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १५, मंगलवार १२:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या भएको छ ।

    गर्मीसँगै निकुञ्जभित्रका प्राकृतिक र कृत्रिम तालहरूमा समेत पानीको सतह घटेको निकुञ्ज कार्यालयले जनाएको छ । “प्राय: तालहरू गर्मीका कारण सुकिरहेको भए पनि सोलार जडान गरेर पानी भर्ने काम पनि हुन्छ”, निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले भने, “निकुञ्जभित्र शिकारी तालबाहेकका तालहरूमा पानीको सतह निकै कम हुँदै गएको छ ।”

    उनले बाबा ताल, रानी ताल, सालगौडी ताल लगायतका तालहरू सुक्न थालेको बताए। “ताल छेउछाउमा जडान गरेका सोलार जङ्गली हात्तीले भत्काइदिने गर्दा समस्या सिर्जना हुन्छ”, सूचना अधिकारी वाग्लेले भने, “वन्यजन्तुका लागि पानीको व्यवस्थापनमा धेरै तालहरूमा सोलार प्यानल जडान गरेर पानी भर्दै आएका छौँ ।” विश्वमै बाह्रसिङ्गाको दुर्लभ झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरू संरक्षण अभावमा पुरिँदैसमेत गएका छन् । यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै संकटमा छ ।

    “निकुञ्जभित्रका एक दर्जनभन्दा बढी ताल पुरिँदै गएपनि बजेट अभावका कारण सरसफाइ गर्न सकिएको छैन”, उनले भने, “कृत्रिम र प्राकृतिक गरी १२० वटा तालतलैया छन् ।”

    विश्वमै दुर्लभ दुई हजार ४०० भन्दा बढी बाह्रसिङ्गा र थोरै क्षेत्रफलमा ४४ वटा पाटेबाघ रहेको शुक्लाफाँटामा ४३० भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन् । बाघ गणना यस वर्ष सकिएको छ भने अहिले निकुञ्जभित्र बाह्रसिङ्गा गणना चलिरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

    Post Views: 10
    प्रकाशित मिति: २०८३ बैशाख १५, मंगलवार १२:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
    सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी बनाएका सबै ठूला घर भत्काइयो
    Advertisement
    ताजा अपडेट
    • १. ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    • २. सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

    • ३. गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी बनाएका सबै ठूला घर भत्काइयो

    • ४. संविधान संशोधनका लागि कार्यदल सक्रिय, वरिष्ठ कानुन व्यवसायीसँग परामर्श जारी

    • ५. नेप्से परिसूचक २६ अंकले घट्यो

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.