• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १५, मंगलवार १७:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं ।सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ ।

    प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी सवारीसाधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारीसाधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ ।

    कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारीसाधन फिर्ता लिइसकेको छ ।

    प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारीसाधनको सुविधा पाउने कानुनी व्यवस्था भए पनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीहरूले समेत व्यापक रूपमा चारपाङ्ग्रे सरकारी सवारीसाधन प्रयोग गरिरहेको तथ्य फेलापरेको थियो ।

    अनुसन्धानका क्रममा सबै सरकारी निकायका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको विस्तृत विवरण माग गरिएको थियो । प्राप्त तथ्यांकका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ वैशाख १० गते सबै मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूलाई परिपत्र गर्दै प्रचलित कानुनले सवारीसाधन उपलब्ध गराउनु नपर्ने तहका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेका सबै सवारीसाधन तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो ।

    सोही निर्देशनका आधारमा कानुनविपरीत प्रयोग भइरहेका सवारीसाधन फिर्ता गरिएको हो । अब आगामी दिनमा कानुनले तोकेबाहेकका कुनै पनि कर्मचारी वा पदाधिकारीले सरकारी सवारीसाधनको एकल प्रयोग गर्न पाउने छैनन् । तर, काम विशेष वा असहज परिस्थितिमा सबै तहका कर्मचारी र पदाधिकारीले सामूहिक रूपमा सरकारी सवारीसाधन प्रयोग गर्न पाउनेछन् ।

    कानुनविपरीत सरकारी सवारीसाधन प्रयोग गर्दा सरकारलाई कति आर्थिक भार परेको रहेछ भन्नेबारे पनि विस्तृत अध्ययन भइरहेको छ । सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको बढ्दो मूल्य र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै इन्धन, मर्मतसम्भार र सुविधाका नाममा भइरहेको व्ययभार कम गर्न यो कदम चालेको हो ।

    राज्यको ढुकुटीमाथि हुने फजुल खर्च कटौती गर्दै प्रशासनिक अनुशासन कायम गर्ने सरकारको यो अभियानले सुशासनको दिशामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

    Post Views: 38
    प्रकाशित मिति: २०८३ बैशाख १५, मंगलवार १७:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना
    कर्णाली प्रदेश सभा आठौँ अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुने
    सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
    Advertisement
    ताजा अपडेट
    • १. चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

    • २. कर्णाली प्रदेश सभा आठौँ अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुने

    • ३. सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

    • ४. पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै

    • ५. ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. संसद अधिवेशन स्थगित

    • ५. कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.