• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आइसिसी विश्वकप लिग-२ : नेपाल ओमानसँग १०२ रनले पराजित

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १६, बुधबार १७:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले हार बेहोरेको छ। टियु मैदानमा वर्षाले प्रभावित भएको खेलमा नेपाल डिएलएस मेथडमा १०२ रनले पराजित भएको हो।

    ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन जोड्यो। दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ्स खेले।

    भीम सार्कीले २८, आसिफ शेखले १९, आरिफ शेख र गुलशन झाले १४-१४ रन बनाउँदा कप्तान रोहित पौडेल १० रनमै पभेलियन फर्किए। कुशल भुर्तेल र बसिर अहमदले १-१ रनमात्रै जोड्न सके।

    बलिङतर्फ ओमानका नदिम खानले तीन, शकिल अहमदले दुई तथा वसिम अली र मुहम्मद इमरानले एक-एक विकेट लिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन जोड्यो। कप्तान जतिन्दर सिंहले शतकीय पारी खेले। उनले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रन जोडे।

    यस्तै, जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५, हम्माद मिर्जाले ३०, विनायक शुक्ला र आशिष ओडेदाराले २३-२३ रन जोडे। बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई-दुई विकेट लिए।

    नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमान यूएईसँग २५ रनले पराजित भएको थियो ।

    Post Views: 64
    प्रकाशित मिति: २०८३ बैशाख १६, बुधबार १७:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    Advertisement
    ताजा अपडेट
    • १. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • २. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ३. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ४. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    • ५. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.