• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

लालझाडीमा ७४८ जनाको नि:शुल्क क्षयरोग परीक्षण

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १७, बिहीबार १५:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत सञ्चालन गरिएको नि:शुल्क क्षयरोग (टिबी)परीक्षण शिविरबाट ७४८ जनाको क्षयरोग परीक्षण गरिएको छ ।

    लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, बाइसेबिचवा स्वास्थ्यचौकी र देखभुली स्वास्थ्य चौकीमा गरी चार ठाउँमा सञ्चालन गरिएको शिविरबाट सेवाग्राहीले एक्स–रे सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गाउँपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दशरथ रानाका अनुसार शिविरमा सहभागीमध्ये तीन जनामा पिसिडी (पल्मोनरी टिबी)क्षयरोग पुष्टि भएको छ ।

    यस्तै, ११५ शंकास्पद बिरामीमध्ये २३ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’का लागि अस्पतालमा प्रेषण गरिएको छ । यस्तो प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको अधिकृत रानाले बताए।

    एआइ आधारित एक्स–रे प्रणालीले छिटो र प्रभावकारी रूपमा प्रारम्भिक परीक्षण गर्न सक्ने भएकाले रोग पहिचानमा ढिलाइ नहुने र उपचार समयमै सुरु गर्न सकिने उनको भनाइ छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदा धेरै बिरामी समयमै परीक्षण तथा उपचारबाट वञ्चित हुने गरेका छन् ।

    देखतभुली स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झाले भने, “यस्तो अवस्थामा शिविरमार्फत घर नजिकै परीक्षण सेवा उपलब्ध हुँदा नागरिकको पहुँच बढ्नुका साथै रोग नियन्त्रणमा सहयोग पुगेको छ ।”

    शिविरले क्षयरोगको प्रारम्भिक पहिचान, सङ्क्रमण नियन्त्रण तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न मद्दत पुगेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए । समयमै रोग पहिचान हुँदा बिरामीलाई नि:शुल्क उपचार सेवा उपलब्ध गराउन सकिने र सङ्क्रमण फैलिनबाट रोक्न सकिने भएकाले यस्ता कार्यक्रमको महत्त्व अझ बढेको उनले उल्लेख गरे ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार १५:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापन पत्र
    हुम्लामा पनि डेंगुका बिरामी फेला
    राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
    Advertisement
    ताजा अपडेट
    • १. सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापन पत्र

    • २. हुम्लामा पनि डेंगुका बिरामी फेला

    • ३. राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

    • ४. बुद्धका सन्देश नै शान्ति र समृद्धिका आधार: राष्ट्रपति

    • ५. नेप्से परिसूचक ५.७३ अंकले घट्यो

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. संसद अधिवेशन स्थगित

    • ५. अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होईन–रास्वपा सांसद कार्की

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.