• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

  •  नेपाल चौतारी
  • २०८३ बैशाख १७, बिहीबार १८:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी। म्याग्दी जिल्लास्थित बेनी नगरपालिका-४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई सीप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छाैँ, हामी गर्छौं’ कार्यक्रममार्फत सरस्वती माविसँगको सहकार्यमा विद्यार्थीलाई कपाल काट्नेसम्बन्धी आधारभूत सीप सिकाउन तालिम सञ्चालन गरिएको हो ।

    यही वैशाख १५ गतेदेखि सुरु भएको तालिम २७ दिनसम्म सञ्चालन हुने प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा कक्षा ८, ९ र १० का २१ जना विद्यार्थी सहभागी छन् । उनीहरूलाई सैलुन व्यवसायी सञ्जय ठाकुरले विभिन्न ‘डिजाइन’मा कपाल काट्ने सीप प्रदान गर्नेछन् ।

    पठनपाठन हुनेबाहेकको बिहान र बेलुकीको समयमा सीप सिकाउने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापनले जनाएको छ । दैनिक जीवनयापनमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति स्थानीयस्तरमा उत्पादन गर्ने, विद्यार्थीलाई पढाइसँगै सीप हासिल गर्न र व्यावसायिक भावनाको विकास गराउन प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।

    तालिममा सहभागी विद्यार्थीले कपाल काट्ने सीपले घरपरिवार र टोलछिमेकमा आफन्तलाई आवश्यक पर्दा काम चलाउन सकिनुका साथै भविष्यमा व्यवसाय सञ्चालनमा पनि सहयोग मिल्ने उनको भनाइ छ । बेनी नगरपालिकाले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छाैँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरी चारदेखि निरन्तरता दिँदै आएको छ ।

    ‘हाउस वायरिङ’, ‘प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १४ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक लाखका दरले बजेट उपलब्ध गराइएको नगर प्रमुख सुरत केसीले जानकारी दिए ।

    Post Views: 5
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार १८:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश
    रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपतिलाई थप परामर्श लिन कानुनविद्को सुझाव
    Advertisement
    ताजा अपडेट
    • १. राष्ट्रपति पौडेलले जारी गरे सार्वजनिक खरिदसम्बन्धी अध्यादेश

    • २. रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो

    • ३. संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपतिलाई थप परामर्श लिन कानुनविद्को सुझाव

    • ४. राष्ट्रियसभा उपाध्यक्षसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    • ५. रूपान्तरणकारी बजेट आउने अर्थमन्त्री डा. वाग्लेको दाबी

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होईन–रास्वपा सांसद कार्की

    • ५. कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.