• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २४, बिहीबार २०:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- आजदेखि सुरु भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ ।

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको हो । नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो ।

    स्कटल्याण्डका लागि ओपनर फिन्ले म्याक्राथले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ७३ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

    त्यस्तै, ज्याक जार्भिसले ४५ रन जोड्दा मार्क वाट ३७, ब्रण्डन म्याकमुलन २१, म्याथु क्रस २२ तथा ओलिभर डेभिडसन १७ रनमा आउट भए ।

    नेपाल ‘ए’ का लागि राशिद खानले ३ विकेट लिँदा शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान २र२ विकेट लिए । त्यसमाथि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको थियो ।

    नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ६५ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाएका हुन् ।

    त्यस्तै, ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे । सन्दीप जोरा ३४, पवन सर्राफ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए । दीपक डुम्रेले अविजित २३ रन बनाए ।

    स्कटल्याण्डका लागि ब्राण्डली करी र सफियान सरिफले समान २र२ विकेट लिए भने ओलिभर डेविडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १र१ विकेट लिए । अब नेपाल ए ले आफनो दोस्रो अभ्यास खेल भोलि अमेरिकासँग खेल्नेछ ।

    Post Views: 84
    प्रकाशित मिति: २०८३ बैशाख २४, बिहीबार २०:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    Advertisement
    ताजा अपडेट
    • १. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • २. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ३. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ४. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ५. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.