• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अमेरिकी र इरानी सेनाबिच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दाबी

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २६, शनिबार ०७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडाैँ। अमेरिकी र इरानी सेनाबिच बिहीबार राति गोली हानाहान भएपनि युद्धविराम अझै कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएको केही घण्टामा नै हर्मुज क्षेत्रमा पुनः तनाव बढेको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    कुन पक्षले पहिला गोली चलाएको थियो भन्ने स्पष्ट नभएको तर शुक्रबार दुवैतर्फबाट हमला भएको रिपोर्ट गरिएको छ।

    पछिल्लो घटना रातभर भएको गोलीबारीपछि भएको हो जसले खाडी युद्धविराम भङ्ग हुने डर पैदा गरेको थियो र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले रोममा पत्रकारहरूसँग वाशिङ्गटनले शुक्रबारपछि अमेरिकी प्रस्तावबारे तेहरानको जवाफ प्राप्त गर्ने आशा गरेको बताएका थिए।

    अमेरिकाले एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको अनि अर्को जहाज हर्मुज जलमार्गतर्फ आउन खोजेको र तटीय क्षेत्रमा ‘हवाई हमला’ गरिएको आरोप इरानका एक उच्च सैनिक कमान्डरले अमेरिकामाथि लगाए।

    अमेरिकाले पनि हर्मुज जलमार्गमा अमेरिकी नौसेना निर्देशित क्षेप्यास्त्र नस्ट गर्ने (मिसाइल डिस्ट्रोएर) प्रणालीमाथि इरानले आक्रमण गरेपछि ‘आत्मरक्षा’ का लागि प्रत्याक्रमण गरिएको दाबी गरेको छ।

    आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले भने, “इरानी आक्रमणकारीहरूलाई ‘ठूलो क्षति’ पु¥याइएको र थुप्रै सङ्ख्यामा साना डुङ्गाहरू ध्वस्त पारिएको छ।”

    सम्झौताका लागि आशावादी देखिएका राष्ट्रपति ट्रम्पले बुधबार भनेका थिए, “सम्झौताका लागि इरान सहमत नभएमा ‘बमबारी शुरू हुने छ र दुःखका साथ भन्नुपर्दा त्यो पहिलाको भन्दा अझ उच्च स्तरको अनि भीषण हुने छ’।”

    इरानी प्रतिक्रिया

    पछिल्लो घटनाबारे प्रतिक्रिया जनाउँदै इरानको आईआरजीसीले अमेरिकाले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। अमेरिकी सेनाले जास्क बन्दरगाहनजिक एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको आइआरजिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    “इरानी नौसेनाले सघन विस्फोटक युद्धशीर्षमार्फत् जबाफी कारबाही गर्‍यो र अमेरिकी शत्रुहरूलाई महत्त्वपूर्ण क्षति भएको गुप्तचर निगरानीबाट सङ्केत पाइयो, शत्रुका तीन वटा अतिक्रमणकारी जहाज तत्काल हर्मुज जलमार्गबाट भागे,” आईआरजीसीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ।

    Post Views: 87
    प्रकाशित मिति: २०८३ बैशाख २६, शनिबार ०७:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
    झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
    मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    • २. झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

    • ३. मनास्लु हिमाल आरोहण सुरु, ४६६ आरोहीले लिए अनुमति

    • ४. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    • ५. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.