• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दुई दिने सार्वजनिक बिदासँगै विद्यालयको हिउँदे-बर्से बिदा ३० दिनमा सीमित

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २९, मंगलवार १८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक क्यालेन्डर संशोधन गर्दै हिउँदे र बर्से बिदा घटाएको छ । अब विद्यालयहरूमा दिइने उक्त बिदा कुल ३० दिन मात्र हुने भएको छ ।

    शनिबार र आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने क्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह तथा विद्यालयहरूलाई आवश्यक परिपत्र जारी गरेको हो । यसअघि ४५ दिनसम्म दिइँदै आएको हिउँदे तथा बर्से बिदा अब ३० दिनमा सीमित गरिएको छ ।

    केन्द्रले विद्यालयहरूलाई स्वीकृत पाठ्यक्रमअनुसार आवश्यक कार्यघण्टा मिलाएर पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । परिपत्रअनुसार दैनिक १५ मिनेट प्रार्थना र ३० मिनेट खाजा समय छुटाउनुपर्नेछ भने सोमबारदेखि शुक्रबारसम्म नियमित शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्यांकनन पठनपाठन प्रभावित नहुने गरी सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ । त्यस्तै, अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न पाइने व्यवस्था गरिएको छ ।

    मन्त्रालयले सिकाइलाई व्यवहारिक र बहुविषयक बनाउने उद्देश्यले शुक्रबार समुदाय, परिवार, सूचना प्रविधि तथा प्रयोगात्मक अभ्याससँग सम्बन्धित परियोजना कार्य सञ्चालन गर्न पनि विद्यालयहरूलाई निर्देशन दिएको छ । आवश्यकता अनुसार यस्ता परियोजनाको प्रस्तुति गर्ने अवसरसमेत उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

    परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा उपलब्ध ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ लाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

    Post Views: 123
    प्रकाशित मिति: २०८३ बैशाख २९, मंगलवार १८:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.